• काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९ सय ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी पुष्टि हुनेमा ४ सय १५ महिला र ५ सय ४२ पुरुष रहेका छन् । यीमध्ये काठमाडौंमा ७ सय ७३, ललितपुरमा १ सय ३१ र भक्तपुरमा ५३ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

    प्रवक्ता डा. गौतमका अनुसार यीसहित आइतबार देशभरबाट ८ हजार ३२ वटा नमूनाको पीसीआर परीक्षण भएकोमा १ हजार ६ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । त्यसैगरी गरी यस अवधिमा १६ जनाको मृत्यु भएको छ भने ५ हजार ६ सय ९९ कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बाँकी सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ पुगेका छन् । त्यस्तै कोरोनाको आशंकामा देशभरका क्वारेन्टाइनमा ६ सय ८६ जना बसिरहेका छन् ।