• काठमाडौं । विगत २४ घण्टामा १ हजार ६६९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको पुष्टि गरेका हुन् । यीसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

    त्यसैगरी कोरोनाबाट यस अवधिमा १६ जनाको मृत्यु भएको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ सय २१ पुगेको सो अवसरमा प्रवक्ता डा. गौतमले जानकारी दिएका थिए । उनका अनुसार विगत २४ घण्टामा ५ हजार ६९९ कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १लाख ९९ हजार २४ पुगेको छ ।

    आज थपिएका सहित मुलुकभर सक्रिय संक्रमित १९ हजार ९६३ पुगेका छन् । तीमध्ये संस्थागत आइसोलेसनमा ६ हजार ३५१ र होम आइसोलेसनमा १३ हजार ६१२ जना रहेका मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८ हजार ३२ वटा नमूनाको पीसीआर परीक्षण भएका छन् भने यसरी अहिलेसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् । त्यस्तै कोरोनाको आशंकामा देशभरका क्वारेन्टाइनमा ६८६ जना बसिरहेका छन् ।