

-
काठमाडौं । गएको २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको कोभिड–१९ अपडेटका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका संख्याको पुष्टि गरेका हुन् । उनका अनुसार यस अवधिमा ६ हजार ७३१ वटा नमूनाको पीसीआर परीक्षण भएका थिए । यीसँगै नेपालमा अब कोरोना संक्रमितको कुल संख्या २ लाख १२ हजार ९१७ पुगेको उनले सो अवसरमा जानकारी दिएका थिए । त्यसैगरी यसै अवधिमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ ।
त्यस्तै २४ घण्टाको अवधिमा थप ३ हजार ५३८ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोना जितेर घर फर्किनेको कुल संख्या १ लाख ८२ हजार ७८० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार आज थपिएका नयाँसहित देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २८ हजार ८७८ पुगेको छ । हाल मुलुकभरका क्वारेन्टाइनमा कोरोनाको आशंकामा रहनेको संख्या ९१० पुगेको सो अवसरमा मन्त्रालयले बताएको छ ।
News Desk 0 response बुधबार, मंसिर ३, २०७७

सम्बन्धित शीर्षकहरु
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


