• काठमाडौं । काठमाडौं उपत्यकामा मात्र पनि बिहीबार अहिलेसम्कै धेरै २ हजार ५ ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा संक्रमण देखिएको छ ।

    देशभरबाट २४ घण्टामा १८ हजार ४७३ वटा नमूनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ३६४ जना कोरोनाबाट संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनका अनुसार नेपालमा अहिलेसम्म संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ । त्यस्तै यस अवधिमा २ हजार ६७५ जना कोरोनामुक्त भएका छन् ।

    त्यसैगरी २४ घण्टामा थप १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यीसहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।