

-
झापा : रोग निको हुने तथा कम खर्चिलो हुने भएपछि झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
केन्द्रका प्रमुख आयुर्वेद डा. विजय श्रेष्ठका अनुसार, केन्द्रले उपचारात्मक, प्रवर्द्धनात्मक र प्रचारात्मक सेवा दिँदै आएको छ । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, ग्यास्ट्रिक, दम खोकी, हाड जोर्नीको समस्या, नसासम्बन्धीका रोगी छन् । उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले स्थानीयमा झन् आयुर्वेदिक उपचारप्रति विश्वास बढेको छ ।
केन्द्रबाट चालु आव २०८१/८२ को आठ महिनामा पूर्वकर्मरपञ्चकर्म (थेरापी) सेवा चार हजार नौ सय २८, योग सेवा नौ सय ३०, होमियोप्याथी सेवा एक सय पाँच, प्रयोगशाला सेवा पाँच सय ४५ जनाले लिएको केन्द्रका सूचना अधिकारी खगेन्द्र भट्टराईले जानकारी दिए । यसैगरी केन्द्रबाट बहिरंग सेवा दुई हजार एक सय ७५ जना तथा यसका साथै केन्द्रबाट शल्य चिकित्सा सेवा, स्तनपायी आमा तथा शिशु सेवा, ज्येष्ठ नागरिक सेवासमेत दिने गरिएको उनले बताए ।
केन्द्रबाट ज्येष्ठ नागरिकलाई अश्वगन्धा चुर्ण र अमला चुर्ण वितरण गर्ने गरिएको केन्द्रले जनाएको छ । केन्द्रबाट आम नागरिकले थेरापीको रूपमा बुझ्ने गरेको पूर्वकर्मरपञ्चकर्म प्रदेशकै आयुर्वेद केन्द्रभन्दा फरक रूपले उपचार गर्ने गरिएको डा. श्रेष्ठले बताए । जसअन्तर्गत मालिस गर्ने, बाफ लगाएर सेक्ने, तेल लगाएर मलद्वाराबाट तेलको प्रवाह, आवश्यकताअनुसार वान्ता गराउने, पखाला गराउनेलगायत क्रियाकलाप गर्ने गरिएको छ ।
आयुर्वेदिक औषधिले स्वास्थ्यमा सुधार आएपछि उपचार पद्धतिप्रति विश्वास बढेको भद्रपुर नगरपालिका-८ का किरण पोखरेलले बताए । “मेरो ग्यास्ट्रिकको समस्या छ, विभिन्न अस्पतालमा उपचार गराउँदा पनि निको नभएपछि अहिले दुई महिनादेखि नियमित यहाँ आएर उपचार गराइरहेको छु, खाना पनि रुच्न थालेको छ, यहाँ उपचार गराउन थालेपछि सुधार भइरहेको छ”, उनले भने ।
ढाडको समस्या भएर केन्द्रमा पूर्वकर्मरपञ्चकर्म गराइरहेका हल्दीबारीका विकास राजवंशी उपचार सुरु भएको केही दिनपछि दुखाइ कम हुन थालेको बताउँछन् । आयुर्वेदिक औषधिले स्वास्थ्यमा देखिएको सुधारका कारण यहाँका नागरिक आयुर्वेदप्रति आकर्षित हुन थालेका छन् ।
News Desk 0 response सोमवार, चैत्र १०, २०८१


सम्बन्धित शीर्षकहरु
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
शिक्षा मन्त्रीको राजीनामासँगै शिक्षकहरुको अलपत्र
मङ्लबार, बैशाख ९, २०८२ -
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता..
मङ्लबार, बैशाख ९, २०८२ -
कक्षा १२ को परीक्षाबारे निर्णय आज बोर्डको..
मङ्लबार, बैशाख ९, २०८२ -
सन्दर्भ : नेपाल कम्युनिष्ट पार्टी स्थापनाको छयत्तरौँ..
मङ्लबार, बैशाख ९, २०८२ -
स्थानीय र पश्चिमी वायुको प्रभाव : चट्याङ्गसहित..
मङ्लबार, बैशाख ९, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
अनेकौं अबैध काम छोप्न अदालत गुहार्दै ..
बुधबार, बैशाख ३, २०८२ -
निलम्बित न्यायाधीश भुवन गिरीले पाए बलात्कार मुद्दामा..
आइतवार, चैत्र ३०, २०८१ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ?
शनिबार, चैत्र २९, २०८१