• काठमाडौं ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनवहादुर बस्नेतले समस्या धेरै भएको कारण चुनौती रहेको बताए । शपथपछि पदवहाली गर्दै बस्नेतले कोभिडजस्ता समस्याले थिलथिलो पारेको अवस्थामा काम धेरै गर्नुपर्ने बताए । वाईस बर्ष अघि राज्यमन्त्री भएर आउँदा भन्दा जनशक्ति नबढेको बस्नतेले बताए ।

    काम धेरै गर्नुपर्ने तर, जनशक्ति वाईस बर्ष अघिकै हुने अवस्थाले पनि समस्या देखिने उनको शंका थियो । हुनत काम गर्न धेरै मानिस नचाहिने उनको भनाई छ । नेतृत्व तगडा भएमा धेरै काम गर्न सकिने बस्नेत बताउँछन् । उनले भने,‘स्वास्थ्य मन्त्रालय धेरै महत्वपूर्ण छ ।

    शिक्षा र स्वास्थ्य धेरै महत्वपूर्ण भएका कारण काम धेरै गर्न आवश्यक छ ।’ सिनधुपाल्चोक जिल्लामा प्राकृतिक बिपत्तिमा धेरै जुधेका कारण पनि त्यो अनुभवले धेरै काम गर्न सक्ने बस्नेतको दावी छ ।

    कोभिडका कारण पहिलो मृत्यु नै सिन्धुपाल्चोकमा भएका कारण महामारीको बारेमा पनि धेरै काम गर्नुपरेको उनको भनाई छ । कर्मचारीसँग बुद्धि र क्षमता छ त्यसलाई देश र जनताको लागि लगाउने र त्यसको नेतृत्व आफूले गर्ने बचन दिए ।