

-
रसुवा : सेवाग्राहीको चापलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि सरकारी सेवा सञ्चालन गरेको छ ।
एक सूचनामार्फत सर्वसाधारणसामु जानकारी गराउँदै नेपाली नागरिकता, राहदानी एवं राष्ट्रिय परिचयपत्रलगायत प्रमुख जिल्ला अधिकारीले सम्पादन गर्ने सबैखाले सरकारी सेवा आउँदो साउन ९ गतेसम्म दैनिकरूपले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको हो ।
एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरले रसुवावासीका लागि साउन १० गतेसम्म शेयर वितरण गर्ने आह्वान पत्र जारी गरिसकेको अवस्थामा शेयर फाराम भर्ने वातावरणको सहजीकरण कार्यअन्तर्गत नेपाली नागरिकता प्रदानलाई प्राथमिकतामा राखी कार्यालयभन्दा अतिरिक्त समयमा समेत सेवा सञ्चालन गरिएको हो
नयाँ एवं प्रतिलिपि नेपाली नागरिकता लिने सेवाग्राहीको सङ्ख्या दैनिक ६० जनाभन्दा बढीको भिड लाग्न थालेपछि प्रमुख जिल्ला अधिकारी नवराज जैसीले कार्यालयको समयभन्दा अतिरिक्त समयमा समेत सेवा सञ्चालन गराएको जनाइएको छ ।
हिमाली जिल्ला वर्षाको याम, खेतीपातीको समयलाई ध्यानमा राखी प्रजिअले आजको आजै दिएको सेवा जनहितकारी भएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् । प्रक्रिया पूरा भई पेश भएका आवेदनको काम आजको आजै सम्पादन हुँदै आएको र सेवा लिनका लागि हाल दैनिक ६०/७० जना आउने गरेको सहायक प्रजिअ दयाराम पौडेलले बताए ।
नेपाली नागरिकताका साथै राहदानी लिन चाहनेलाई राहदानी अनलाइन फाराम भराउने र राष्ट्रिय परिचयपत्रसमेत प्रदान गर्ने काम भइरहेको पौडेलले बताए । यस्तै रसुवागढी हाइड्रोपावरले रसुवावासीका लागि खुला गरेको शेयर बिहीबारसम्ममा ३१ लाख कित्ता खपत भइसकेको जनाएको छ ।
बिहीबारसम्म १५ हजार रसुवावासी शेयरमा समाहित भइसकेको हाइड्रो कम्पनीका प्रबन्ध निर्देशक छवि गैरेले जानकारी दिए ।
News Desk 0 response शुक्रबार, असार ३१, २०७९

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



