

-
काठमाडौं । राहदानी विभागमा सोमबार राति ८ बजेसम्म पनि कर्मचारीहरू सेवाग्राहीलाई सेवा दिन व्यस्त देखिएका छन्। विभाग परिसरमा राहदानी बनाउन आउने सेवाग्राहीको लामो लाइन रहेकाले सेवा राति ९–१० बजेसम्म पनि लम्बिने अवस्था देखिएको थियो।
कार्यालय समय सकिएपछि पनि सेवा सञ्चालन भइरहनुले एकातिर सेवाग्राहीलाई काम सम्पन्न गर्ने अवसर दिएको भए पनि अर्कोतर्फ विभागको कार्य व्यवस्थापनमाथि प्रश्न उठेको छ। दैनिक रूपमा यति धेरै सेवाग्राही आउने अवस्था भए नियमित कार्यालय समयभित्रै सेवा सम्पन्न गर्न आवश्यक जनशक्ति, सेवा काउन्टर तथा व्यवस्थापन किन विस्तार हुन सकेन भन्ने जिज्ञासा उठेको छ। यस्तै, अचानक सेवाग्राहीको चाप बढेको भए त्यसअनुसार पूर्वतयारी किन गरिएन भन्ने प्रश्न पनि सरोकारवालाले उठाएका छन्।
यसैबीच, कार्यालय समयभन्दा बाहिर काम गरिरहेका कर्मचारीलाई अतिरिक्त सेवा–सुविधा वा ओभरटाइम भत्ता उपलब्ध गराइन्छ कि गराइँदैन भन्ने विषय पनि चासोको रूपमा अघि आएको छ।
यस विषयमा राहदानी विभागका प्रवक्ता दीपक बन्जाडेले ईपीएसका लागि आवेदन दिएका सेवाग्राहीको चाप बढेकाले लामो लाइन लागेको बताए। उनका अनुसार विभागमा हाल नयाँ प्रणाली लागू गरिएकाले सिस्टम अपडेट गर्ने क्रममा समय बढी लाग्दा सेवा प्रवाह ढिलो भएको हो।
“हामीले हरेक दिन करिब एक हजारदेखि १५ सय जनासम्मलाई सेवा दिइरहेका छौं। नयाँ सिस्टम अपडेटकै कारण केही समय सेवा प्रवाह ढिलो भएको हो,” प्रवक्ता बन्जाडेले भने।
उनले कार्यालय समयभन्दा बाहिर काम गर्ने कर्मचारीलाई कुनै अतिरिक्त सेवा–सुविधा वा ओभरटाइम भत्ता उपलब्ध नगराइएको पनि स्पष्ट पारे।
News Desk 0 response सोमवार, साउन ११, २०८३

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



