-
काठमाडौं : नेपाल बाल सङ्गठन (बाल मन्दिर)को जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा ८ जनाविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले सङ्गठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बालबालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै आज अभियोगपत्र दर्ता गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।
बाल सङ्गठन काठमाडौंकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, सङ्गठनका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य र भगवान शाक्य, तत्कालीन सभापति युरीकुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकारविरुद्ध मुद्दा दायर भएको छ ।
प्रतिवादी ८ जनामध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य मात्रै पक्राउ गरेका छन् । बाँकी ५ जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।
सङ्गठनकी तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकाले प्रतिवादी बनाइएको छैन । उच्चस्तरीय जाँचबुझ आयोग २०७७ को प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता भएको हो ।
News Desk 0 response शुक्रबार, साउन ८, २०८३

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३