

-
काठमाडौं : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले स्वीकृत संगठन संरचना तथा दरबन्दी तेरिज राष्ट्रिय किताबखानामा दर्ता गराएको छ। नयाँ संगठन संरचना दर्ता गराउने यो दोस्रो मन्त्रालय बनेको छ।
मन्त्रालयले आइतबार आफ्नो संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरी औपचारिक दर्ताका लागि राष्ट्रिय किताबखानामा पठाएको थियो। प्राप्त विवरण सोही दिन द्रुत प्रक्रियाबाट दर्ता गरिएको किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिए।
संगठन संरचना तथा दरबन्दीसम्बन्धी विवरण शीघ्र दर्ता गर्न तालिमप्राप्त कर्मचारी सम्मिलित विशेष कार्यदल परिचालन गरिएको महानिर्देशक पोखरेलले बताए। उनका अनुसार कार्यदलले प्राप्त विवरण परीक्षण गरी दर्ता प्रक्रिया पूरा गरेको हो।
मन्त्री महावीर पुनले नेतृत्व गरेको मन्त्रालयको स्वीकृत संगठन संरचनामा विशिष्ट श्रेणीका एक सचिवको दरबन्दी कायम गरिएको छ। मन्त्रालयमा इन्जिनियरिङ सेवाका दुई र प्रशासन सेवाका एक गरी तीन सहसचिवसहित कुल ९० दरबन्दी रहनेछन्।
यसअघि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नयाँ संगठन संरचना तथा दरबन्दी तेरिज राष्ट्रिय किताबखानामा दर्ता गराउने पहिलो मन्त्रालय बनेको थियो।
News Desk 0 response सोमवार, साउन ११, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



