

-
काठमाण्डौ : दिसामा पाइने जीवाणु इकोलाइका कारण इलामको सदरमुकाम इलाममा झाडापखाला फैलिएको पुष्टि भएको छ ।
इलाम सदरमुकाम र आसपासका क्षेत्रका बालबालिकासहित ठूला व्यक्तिहरुलाई लगातार बान्ता हुने, पेट ढुस्स हुने र झाडापखाला लाग्नेजस्ता लक्षण देखिएको छ । बिरामी पर्नेमा धेरैजसो बालबालिका छन् ।
स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यका अनुसार झाडापखालाका बिरामी बिस्तारै कम हुँदै गएका छन् । अहिलेसम्म गम्भीर बिरामी नपरेकाले उपचारमा पनि समस्या नभएको उनले बताए । झाडापखाला फैलिएपछि पिउने पानीको नमुना परीक्षण गर्दा पानीमा दिसामा पाइने जीवाणु इकोलाइ भेटिएको शाक्यले बताए । मुहानको पानीमा नै इकोलाइ जीवाणु भेटिएपछि त्यो मुहानको पानी नखान इलाम नगरपालिकाका बासिन्दालाई आग्रह गरिएको छ ।
नगरपालिकाले यो मुहानबाट ल्याइएको पानीको वितरण नै रोक्ने तयारी गरेको छ । यस्तै अन्य धाराको पानी पनि उमालेर र शुद्धीकरण गरेर मात्रै खान नगरवासीलाई आग्रह गरिएको छ ।
इलाम नगर क्षेत्रका बालबालिका धेरै बिरामी परेपछि स्वास्थ्य कार्यालयले नगरमा आउने तीन वटा पानीको मुहान र ११ वटा धाराको पानीको नमुना परीक्षणका लागि सुनसरीको इटहरीमा रहेको पानी परीक्षण प्रयोगशालामा पठाएको थियोे ।
प्रयोगशालाले इलाम नगरपालिका–७ मा रहेको कलधाराको पानी पिउन योग्य नभएको प्रतिवेदन दिएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २९, २०७८

सम्बन्धित शीर्षकहरु
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


