

-
भक्तपुर : भक्तपुरमा सन् २०२१ मा मानव अधिकार हननका घटनामा वृद्धि भएको देखिएको छ । सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ सम्मका घटनाको अध्ययन गर्दा सन् २०२० को तुलनामा मानव अधिकार हननका घटना बढेका देखिएको हो ।
गत वर्ष हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायत ३६६ मानव अधिकार हनन एवं ज्यादतीका घटना भएका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को जिल्ला शाखाले सङ्कलन गरेको तथ्याङ्कानुसार गत वर्ष सात जनाको हत्या भएको र छ जनाको हत्या प्रयास भएको थियो ।
त्यसैगरी बालिका १९ र महिला २४ गरी ४३ जनामाथि बलात्कार भएको र आठ जना बलात्कार प्रयासबाट पीडित भएको इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले जानकारी दिए ।
त्यस्तै बाल यौन दुव्र्यवहारबाट १०, बहुविवाहबाट ११ महिला पीडित भएका थिए भने मानव बेचबिखनबाट छ, घरेलु हिंसाबाट पाँच, आत्महत्या दुरुत्साहनमा तीन जना पीडित भएका थिए । गत वर्ष ५८ जनाले आत्महत्या गरेका थिए ।
भक्तपुर सानो जिल्ला भए पनि यो तथ्याङ्कलाई हेर्दा यहाँ बलात्कार, बलात्कार प्रयास, हत्या र आत्महत्या डरलाग्दोरूपमा बढेको जानकारी दिँदै उनले बलात्कार रोक्न, आत्महत्या रोक्न सुरक्षा निकाय र स्थानीय तहले वडावडामा सचेतना कार्यक्रम गर्नुपर्ने, मनोपरामर्शको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताए । सन् २०२० मा आठको हत्या भएको, ३२ बलात्कारका घटना भएका र घरेलु हिंसाबाट ४८ जना पीडित भएका थिए ।
यसबारे जानकारी लिँदा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा ४० प्रतिशतले हिंसा बढेको बताउँदै घरभित्र हुने हिंसा बढ्दै गएको र १८ वर्षमुनिका बालिका बढी पीडित हुने गरेको जानकारी दिए । बहुविवाह र बालविवाहका कारण उनीहरुबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेका र आफ्नो पहिचान पाउन नसकेको बताउँदै उनले मानव अधिकार संरक्षणका लागि घरघरै सचेत हुनुपर्नेमा जोड दिए ।
महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले पछिल्लो समय हत्या, हिंसा, जघन्य अपराध घटे पनि यौन हिंसा र बलात्कारका घटना बढेको जानकारी दिए । कुनै पनि अपराधको मुख्य कारण आर्थिक पक्षसँग जोडिएर आउने गरेको भन्दै उनले मादक पदार्थ तथा लागुपदार्थको बिक्रीवितरण र सेवनलाई रोक्न नसकेसम्म अपराध रोक्न नसकिने भएकाले अपराध न्यूनीकरणका लागि समाज जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
News Desk 0 response आइतवार, पुस १८, २०७८

सम्बन्धित शीर्षकहरु
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहिबार, बैशाख ३, २०८३
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा समितिमा कांग्रेसलाई समर्थन गर्ने
बिहिबार, बैशाख ३, २०८३-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
अमेरिकी पहलमा इजरायल र लेबनानबीच १० दिने..
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
विश्वकपमा इरानको सहभागिता सुनिश्चित : फिफा अध्यक्ष
बिहिबार, बैशाख ३, २०८३
-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…
बुधबार, बैशाख २, २०८३ -
यूएईले १२८ जना नेपालीलाई आममाफी दियो
बुधबार, बैशाख २, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
अमेरिका र इरानबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत
बुधबार, चैत्र २५, २०८२ -
इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सहमति
बुधबार, चैत्र २५, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
आईसीसी विश्वकप लिग–२ वैशाख १२ देखि काठमाडौंमा..
बुधबार, चैत्र २५, २०८२



