

-
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न सहमति जनाउनु भएको छ ।
स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने शर्तमा यस्तो सहमति गरिएको ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जनाउनु भएको छ । ट्रम्पका अनुसार यो युद्धविराम दुईपक्षीय हुनेछ, जसमा अमेरिका र इरान दुवैले आक्रमण रोक्नेछन् । यससँगै इजरायलले पनि अस्थायी रूपमा आफ्नो सैन्य कारबाही रोक्न सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ।
यो सहमति पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफको पहलपछि आएको खबरमा उल्लेख छ । उनले अमेरिका र इरानबीच कूटनीतिक वार्ताका लागि दुई हप्ताको समय दिन युद्धविराम प्रस्ताव गरेका थिए । यसबीच, इरानले भने आफूले अमेरिका माथि ‘ठूलो विजय’ हासिल गरेको दाबी गर्दै १० बुँदे प्रस्ताव स्वीकार गराएको जनाएको छ ।
ट्रम्पले पनि यो प्रस्ताव वार्ताका लागि ‘उपयुक्त आधार’ भएको बताएका छन् । युद्धविराम घोषणासँगै अमेरिकी शेयर बजार उकालो लागेको छ भने कच्चा तेलको मूल्य घटेको छ । विश्लेषकहरूका अनुसार यो कदमले मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापनाको सम्भावना बढाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीसहित दिएको कडा समयसीमा सकिदै गर्दा यो सहमति बनेको हो । यसअघि ट्रम्पले इरानलाई चेतावनी दिँदै हर्मुज जलमार्ग नखोलेमा कडा आक्रमण गर्ने अल्टिमेटम दिएका थिए । पाकिस्तानको सक्रिय कूटनीतिक पहलले गर्दा तत्कालको लागि ठूलो युद्ध टरेको देखिएको छ ।
युद्धविरामको यो दुई हप्ताको अवधिमा वार्ता सफल भएमा यसले स्थायी शान्तिको बाटो खोल्ने विश्वास गरिएको छ ।
News Desk 0 response बुधबार, चैत्र २५, २०८२

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



