• काठमाडौं : नेपालले अमेरिका र इरानबीच भएको युद्धविरामको स्वागत गरेको छ । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युद्धविराम सम्झौताको स्वागत गरेको हो ।

    “नेपाल सरकारले अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौताको हालैको घोषणालाई स्वागत गर्दछ, जसले पश्चिम एसियामा तनाव कम गर्नेछ । भतभेद कम गर्न संवाद र कूटनीतिका लागि अवसर प्रदान गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

    अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुज पुनः खोल्ने सर्तमा दुई हप्ताको युद्धविराम सम्झौता भएपछि विश्वव्यापी तेलको मूल्यमा तीव्र गिरावट आएको छ। शेयर बजारमा पनि उत्साह देखिएको छ।