

-
काठमाडौं : इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् ।
लामो समयदेखि विस्थापित भएका हजारौँ मानिसहरू आफ्नो घर फर्किन थालेका छन् भने सडकहरूमा उत्साह देखिएको बीबीसीले जनाएको छ । दक्षिणी लेबनानमा इजरायलले एक महिनाभन्दा बढी समयसम्म गरेको आक्रमणका कारण विस्थापित भएका नागरिकहरू सामूहिक रूपमा फर्किरहेका छन् ।
कतिपय मानिसले सडकमा नाचगान गर्दै युद्ध विरामको स्वागत गरेका छन् । अमेरिकी पहलमा भएको यो सम्झौता प्रारम्भिक रूपमा १० दिनका लागि लागू गरिएको हो, जसलाई आवश्यक परे थप विस्तार गर्न सकिने भनिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विरामलाई ऐतिहासिक शान्तिको अवसर भएको बताएका छन् । लेबनानका राष्ट्रपति जोसेफ खलील औनले पनि यसलाई सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । हिजबुल्लाहले युद्धविराम मान्ने सङ्केत गरे पनि लेबनानको सबै ठाउँमा आक्रमण पूर्ण रूपमा रोकिनुपर्ने सर्त अघि सारेको छ ।
साथै, इजरायली सेना दक्षिणी लेबनानबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग पनि गरेको छ । इजरायलले भने दक्षिणी लेबनानमा १० किलोमिटर क्षेत्रलाई ुसुरक्षा क्षेत्रु का रूपमा कायम राख्ने बताएको छ, यसले भविष्यमा फेरि तनाव बढ्न सक्ने सङ्केत कायमै छ ।
विश्लेषकहरूका अनुसार यो युद्धविराम कमजोर र अस्थायी हुन सक्ने अनुमान छ । मध्यपूर्वमा दीर्घकालीन शान्तिका लागि इरान, अमेरिका र अन्य क्षेत्रीय शक्तिबीचको समस्या समाधान हुनुपर्ने विश्लेषकहरूको भनाइ छ ।
News Desk 0 response शुक्रबार, बैशाख ४, २०८३

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३
-
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य..
सोमवार, भदौ २२, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



