• कोभिड १९ ले सवैमा समस्या पारेको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । औषधी समेत पत्ता नलागेको यो रोगले धेरैलाई मृत्युवरण गर्न बाध्य पारेको छ । संक्रमण भएपछि अक्सिजनको मात्रा घट्ने हुँदा अक्सिजन नपाएर पनि मानिस मरिरहेका समाचार आईरहेका छन् । अक्सिजनको माग बढेपछि आपूर्ति कम हुँदै जाँदा संक्रमितहरु अक्सिजनको याचना गरिरहेका छन् । यस्तै समस्यामा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका वडा नं २ दश किलो निवासी सानुभाई लामा पनि थिए । श्रीमतीलाई सक्रमण भएपछि बीर अस्पतालमा उपचार गराईरहेका शेर्पालाई अक्सिजन नहुँदा ठूलो समस्या परेको थियो । यो समस्या थाहापाएपछि भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले अक्सिजनको ब्यवस्था गरिदिनु भएको छ । अस्पतालमा पनि अक्सिजन सकिएपछि पीडामा परेका शेर्पालाई अध्यक्ष पौडेलले अस्पतालमै अक्सिजनको ब्यवस्थापन गरिदिनु भएको थियो । पौडेलले स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो । अक्सिजन अभावमा छटपटिएकी श्रीमतीलाई अध्यक्ष पौडेलले अक्सिजनको ब्यवस्था गरिदिएपछि लामाले फेसबुकमा लेखेका छन् यो अक्सिजनको सिलण्डिरमात्र होईन मेरो श्रीमतीको सास हो । यो सास भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले उपलब्ध गराईदिनु भएकोमा धेरै धेरै धन्यवाद ।