• काठमाडौं । गएको २४ घण्टामा ९ सय जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५३७ वटा नमूनाको पीसीआर परीक्षणबाट ८३६ र ६ सय २१ जनाको एन्टिजेन परीक्षणबाट ६४ जनामा संक्रमण पुष्टि भएको हो । यीसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।

    २४ घण्टामा कोभिड–१९ का कारण थप २ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसरी हालसम्म कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको हो । त्यस्तै यसै अवधिमा २०८ जना कोरोनामुक्त भएका छन् । यीसँगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार ८१२ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ

    अहिले देशभरका क्वारेन्टाइनमा ७७ र आइसोलेसनमा ५ हजार ८ जना रहेका छन् ।