• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार बुधबार नेपालमा ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४२८९ वटा नमूनाको पिसिआर र ४५१ एन्टिजोन परीक्षण भएका उक्त संख्या नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । उनका अनुसार आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र २५४ रहेका छन् । यीमध्ये काठमाडौंका १७३, ललितपुरका ६१ र भक्तपुरका २० जना छन् ।

    योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ५६ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२९ जना डिस्चार्ज भएका छन् । देशभरमा ८० को आईसीयूमा उपचार भइराखेको छ भने २५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यसैगरी यस अवधिमा थप ३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ६१ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।