• काठमाडौं । सोमबार एकै दिन नेपालमा थप ५५९ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टाको अवधिमा ४३७८ मा पिसिआर गर्दा ४९६ र ७२७ मा एन्टिजेन परीक्षण गर्दा ६३ गरी जम्मा ५५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । यीसँगै संक्रमितको हालसम्मको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ ।

    मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । यसरी अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३०५३ पुगेको छ ।

    त्यसैगरी गएको २४ घन्टामा १३८ जना कोरोनामुक्त भएका छन् । यीसहित कोरोनाबाट निको भएर घर फर्किनेको संख्या २ लाख ७४ हजार १६५ पुगेको छ ।

    अहिले देशभरका क्‍वारेन्टाइनमा ८५ जना र आइसोलेसनमा ३ हजार ३ सय ६ जना रहेका मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा २३ लाख १७ हजार २ सय ८४ पीसीआर परीक्षण भएका छन् ।