

-
डोटी । जिल्लाको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ । घरैमा उपचार गर्नका लागि जिल्ला अस्पताल डोटीले ‘गाउँ घरैमा चिकित्सक’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उपचार सहज भएको हो ।
जिल्लाका नौवटै स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्ने योजनाअनुसार शुरु गरिएको उक्त कार्यक्रम पहिलो चरणमा जोरायल गाउँपालिकाबाट शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीका अनुसार उक्त कार्यक्रममा भिडियो एक्सरे, इसिजी, नर्मल एक्सरे, प्रयोगशाला सेवा र निःशुल्क औषधि सेवा उपलब्ध गराइने भएको छ ।
जोरायल गाउँपालिकामा सञ्चालन भएको ‘गाउँ घरैमा चिकित्सक’ कार्यक्रमबाट दुई दिनमा २५० बढी बिरामीले स्वास्थ्य उपचार सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक तथा स्वास्थ्यको पहुँचबाट टाढा भएका नागरिकका लागि हामीले गाउँ घरैमा चिकित्सक’ कार्यक्रम शुरु गरेका छौँ ।”
उहाँका अनुसार सोमबारदेखि शुरु भएको उक्त कार्यक्रम मङ्गलबारसम्म सञ्चालन भएको थियो । उक्त कार्यक्रममा जिल्ला अस्पतालका चिकित्सक डा ज्योति पाण्डे, डा प्रकाश ठकुल्ला र डा सोहनकुमार साहले सेवा दिनुभएको थियो । गाउँघरमै चिकित्सक पुगेर स्वास्थ्य सेवा प्रदान गरिन थालेपछि उक्त गाउँपालिकाका स्थानीयवासी तथा बिरामी निकै खुशी भएको स्थानीयवासी चित्रराज भट्टले जानकारी दिनुभयो । रासस
News Desk 0 response बुधबार, फाल्गुन १९, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२