

-
डोटी । जिल्लाको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ । घरैमा उपचार गर्नका लागि जिल्ला अस्पताल डोटीले ‘गाउँ घरैमा चिकित्सक’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उपचार सहज भएको हो ।
जिल्लाका नौवटै स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्ने योजनाअनुसार शुरु गरिएको उक्त कार्यक्रम पहिलो चरणमा जोरायल गाउँपालिकाबाट शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीका अनुसार उक्त कार्यक्रममा भिडियो एक्सरे, इसिजी, नर्मल एक्सरे, प्रयोगशाला सेवा र निःशुल्क औषधि सेवा उपलब्ध गराइने भएको छ ।
जोरायल गाउँपालिकामा सञ्चालन भएको ‘गाउँ घरैमा चिकित्सक’ कार्यक्रमबाट दुई दिनमा २५० बढी बिरामीले स्वास्थ्य उपचार सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक तथा स्वास्थ्यको पहुँचबाट टाढा भएका नागरिकका लागि हामीले गाउँ घरैमा चिकित्सक’ कार्यक्रम शुरु गरेका छौँ ।”
उहाँका अनुसार सोमबारदेखि शुरु भएको उक्त कार्यक्रम मङ्गलबारसम्म सञ्चालन भएको थियो । उक्त कार्यक्रममा जिल्ला अस्पतालका चिकित्सक डा ज्योति पाण्डे, डा प्रकाश ठकुल्ला र डा सोहनकुमार साहले सेवा दिनुभएको थियो । गाउँघरमै चिकित्सक पुगेर स्वास्थ्य सेवा प्रदान गरिन थालेपछि उक्त गाउँपालिकाका स्थानीयवासी तथा बिरामी निकै खुशी भएको स्थानीयवासी चित्रराज भट्टले जानकारी दिनुभयो । रासस
News Desk 0 response बुधबार, फाल्गुन १९, २०७७

सम्बन्धित शीर्षकहरु
लोमसले उत्पादन गरेको सिटामोल र क्युरेक्सको रेक्सामोल बजारबाट फिर्ता गर्न निर्देशन
शनिबार, मंसिर १४, २०८२-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२
-
अन्तरिक्षमा अर्को आकाशगंगा फेला परेको खगोलशास्त्रीको दाबी
बिहिबार, मंसिर १९, २०८२ -
धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र..
बिहिबार, मंसिर १९, २०८२ -
घोषित मितिमा चुनाव गराई युवाशक्तिको हातमा सत्ता..
बिहिबार, मंसिर १९, २०८२ -
अब नेपालमा १ सय भन्दा ठूला भारतीय..
बिहिबार, मंसिर १९, २०८२ -
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
बुधबार, मंसिर १८, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
विवेकशील साझा पार्टी र रास्वपासँग एकीकरण हुने,..
बुधबार, मंसिर ११, २०८२ -
दल दर्ताका लागि आज अन्तिम दिन :..
बुधबार, मंसिर ११, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२



