• काठमाडौं । गएको २४ घण्टामा थप १५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । त्यसैगरी यसै अवधिमा थप ५ जनाको संक्रमणबाट मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यीसँगै नेपालमा नेपालमा २ लाख ७० हजार ७ सय ४५ संक्रमितको संख्या पुगेको छ भने यसकै कारण ज्यान गुमाउने २ हजार २५ पुगेका छन् ।

    मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा ३३३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय २२ रहेको छ । त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या १ सय ११ जना रहेका छन् ।