

-
काठमाडौं । गएको २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण देखिएको छ । आज देखिएका नयाँ संक्रमितमध्ये महिला ३०६ र पुरुष ४०४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । यस अवधिमा ४ हजार ७८० वटा नमूनाको पिसिआर परीक्षण गरिएको थियो । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । हालसम्म ८ हजार ८४० सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार आज एकै दिन १ हजार १७५ जना निको भइ घर फर्किएका छन् । अहिलेसम्म निको हुने संख्या दुई लाख ४२ हजार ५६७ पुगेको छ । नेपालमा निको हुने दर ९५.८ प्रतिशत पुगेको छ । सांक्रमितमध्ये २८३ जना सघन उपचार कक्ष र ४९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।त्यस्तै आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकामा मात्र २८७ रहेका छन् । तिमध्ये १२१ जना महिला र १६६ जना पुरुष रहेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा थप १२ को मृत्यु भएको छ । यीसँगै नेपालमा अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ७७७ पुगेको छ ।
News Desk 0 response शनिबार, पुस ४, २०७७

सम्बन्धित शीर्षकहरु
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


