• काठमाडौं । गएको २४ घण्टामा ७७६ जनामा कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा ६ हजार ५८८ वटा नमूनाको पीसीआर परीक्षणमा भएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका अनुसार संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६९२ छ भने मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

    मन्त्रालयका अनुसार आज ९४७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यीसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ४० हजार ३६३ जना पुगेको छ । अहिले देशभर बाँकी सक्रिय संक्रमितको संख्या ९ हजार ५८० जना पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ४४४ रहेको छ ।