• काठमाडौं । देशभरबाट मंगलबार १ हजार ३८२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यसरी संक्रमित हुनेमा महिला ३७० र पुरुष ६४४ जना रहेका छन् । मन्त्रालयले प्रकाशित गरेको विवरणमा २४ घण्टामा ८ हजार ९४७ वटा नमूनाको परीक्षण हुँदा उक्त संख्यामा नयाँ संक्रमित थपिएका बताइएको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल २ लाख ४३ हजार ३७७ पुगेको छ ।

    त्यस्तै यसैअवधिमा संक्रमणका कारण थप २३ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयद्वारा प्रकाशित विवरण अनुसार आज कोरोनामुक्त भएर १ हजार ६२१ जना डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म निको भई घर फर्कनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । बाँकी सक्रिय संक्रमित १२ हजार ६८६ रहेका छन् भने क्वारेन्टाइनमा रहनेको संख्या ५२३ पुगेको छ ।

    नेपालमा हालसम्म पीसीआर विधिबाट १७ लाख ९९ हजार ६८६ जनाको परीक्षण भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।