

-
काठमाडौं । विगत २४ घण्टामा १ हजार ६६९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको पुष्टि गरेका हुन् । यीसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
त्यसैगरी कोरोनाबाट यस अवधिमा १६ जनाको मृत्यु भएको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ सय २१ पुगेको सो अवसरमा प्रवक्ता डा. गौतमले जानकारी दिएका थिए । उनका अनुसार विगत २४ घण्टामा ५ हजार ६९९ कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १लाख ९९ हजार २४ पुगेको छ ।
आज थपिएका सहित मुलुकभर सक्रिय संक्रमित १९ हजार ९६३ पुगेका छन् । तीमध्ये संस्थागत आइसोलेसनमा ६ हजार ३५१ र होम आइसोलेसनमा १३ हजार ६१२ जना रहेका मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८ हजार ३२ वटा नमूनाको पीसीआर परीक्षण भएका छन् भने यसरी अहिलेसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् । त्यस्तै कोरोनाको आशंकामा देशभरका क्वारेन्टाइनमा ६८६ जना बसिरहेका छन् ।
News Desk 0 response आइतवार, मंसिर ७, २०७७

सम्बन्धित शीर्षकहरु
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


