• काठमाडौं । गएको २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमार्फत सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार यस अवधिमा ९ हजार ८०५ वटा नमूनाको परीक्षण भएका थिए । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ । त्यसैगरी यसै अवधिमा थप कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यीसँगै अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १२ सय ७६ पुगेको छ ।

    त्यस्तै बिहीबार थप २ हजार ८५८ कोरोनामुक्त भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । यीसँगै अहिलेसम्म निको भएर घर फर्कनेको कुल संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । आजका सहित बाँकी सक्रिय संक्रमित २८ हजार १०६ पुगेका छन् भने कोरोना संक्रमणको आशंकामा अहिले देशभरका क्वारेन्टाइनमा ७६७ जना क्‍वारेन्टाइनमा रहेका विवरण मन्त्रालयले सार्वजनिक गरेको छ ।