• काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीनमा ७१० महिला र ८२३ पुरुष रहेका छन् । यसरी थपिनेमा काठमाडौंमा १ हजार २९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना रहेका छन् ।

    यीसँगै आइतबार देशभरबाट २ हजार ८१७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । त्यस्तै २१ को मृत्यु भएको पनि उनले पुष्टि गरेका छन् । यस अवधिमा २ हजार ८१२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

    मन्त्रालयका अनुसार बाँकी सक्रिय संक्रमितको संख्या हाल ३५ हजार ४१९ जना पुगेको छ । यीमध्ये होम आइसोलेसनमा २९ हजार १९७ र संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना छन् । त्यसैगरी कोरोना संक्रमणको आशंकामा अहिले १ हजार १४९ जना क्वारेन्टाइनमा बसिरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।