

-
जनकपुरधाम ।
कोरोनाकहरले बिश्व आतकिंत बनिरहँदा नेपालमा पनि सरकारले लकडाउन घोषणा गरेको छ । सरकारको लकडाउन घोषणासँगै नेपालका ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुको सकृयता एक्कासी बढ्यो । भारतसँग सिमा जोडिएको धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला पनि लकडाउन कार्यान्वयन गराउन मैदानमा उत्रिए । भारतबाट नेपाल भित्रिदै गरेका नेपाली नागरिक कोरोनाका लागि थप चुनौती भन्दै सरकारले नेपाल भारतका सबै नाका सिल गर्ने निर्णय गरेपछि प्रजिअ निरौलाका सामु थप चुनौती खडा भयो । जिल्लामा कोरोन संक्रमित बढ्न थालेपछि क्वारिन्टिन ब्यवस्थापन गर्न प्रजिअ निरौलाले थप सकृयता बढाउनु पर्ने भयो । यसै सिलसिलामा एक अनलाईन न्यूजपोर्टलले प्रजिअ निरौलामा पनि कोरोना सक्रमण देखिएको झुठो समाचार प्रकाशन गरेपछि भुसको आगो झैँ सर्वत्र हल्ला फैलिएपछि प्रायः फिल्डमा आफै खटिने प्रजिअ निरौलासँग अप्ठ्यारो महशुस हुने खालको ब्यवहार गरिन थालियो । तिनै प्रजिअ निरौला सँग पत्रकार सन्तोष बराइलीले जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयमा भेटेर लामो कुराकानी गरे । प्रस्तुत छ पत्रकार बराइली र प्रजिअ निरौला बिच भएको कुराकानीको अंश ः
कोरोनाकालिन अवस्थाको ब्यवस्थापन कसरी गरिरहनु भएको छ ?
म आफै फिल्डमा खटेर काम गरिरहेको छु । सुरक्षाकर्मी र स्थानीय निकायका जनप्रतिनिधी पनि सकृय छन् । सबैले आआफ्नो ठाउँबाट सकेको गरिरहेका छौँ ।धनुषामा कति ओटा क्वारिन्टाईन सञ्चालनमा छन् ?
४३ ओटा क्वारिन्टाईन, २ ओटा प्रादेशिक ल्याब र २ ओटा आइसोलेसन सञ्चालनमा छन् ।
कोरोना सक्रमितले क्वारिन्टाईनमा थप दुःख पाए भन्ने खवर बाहिरिएको छ नि ?
हेर्नुस् कुरा के हो भने हामीकहाँ आवश्यक भौतिकपूर्वाधारको अभाव छ । अब क्वारिन्टाईन सञ्चालन गरिएका कतिपय विद्यालयमा ट्वाईलेट समेत रहेन छ । हामी कहाँ स्रोत र सामाग्रीको पनि अभाव भयो । फेरि खरिद प्रकृयाले पनि कतिपय अवस्थामा समस्या देखियो । एक दुई ठाउँमा सक्रमितले दुख पाए होलान् तर सबैतिर होईन ।
हामीसँग जे उपलब्धता छ त्यसैमा काम चलाउनु पर्ने वाध्यताले गर्दा केही समस्या देखिएको पक्कै हो । तर, अब त्यस्तो छैन । यहाँका सबै क्वारिन्टाईन मापदण्ड विपरित पाउनु हुन्न ।भारतमा रोकिएका नेपालीलाई ल्याउने ब्यवस्था गरिरहनु भएको छ हैन ?
हो । स्थानीय निकायको समन्वयमा हामीले तपाँईहरुको नागरिक ल्याउनुस् भनेर जनप्रतिनिधीहरुलाई आग्रह गरेका छौँ । वहाँहरुले आफ्नै प्रयासबाट ल्याईरहनु भएको छ । जनप्रतिनिधिलाई आफ्ना नागरिकलाई ल्याएर सुरक्षितसाथ कसरी कसरी ब्यवस्थापन गर्न सकिन्छ गर्नुस् भनेको छु ।लकडाउनले ब्यापारीहरुमर्कामा परेको गुनासो गरिरहेका छन् । के लकडाउन खुकुलो बनाउन सकिदैन ?
लकडाउन बढ्दै जाँदा ब्यापारी मात्रै होईनन् उद्योगीहरु समेत मर्कामा छन् । यो धनुषाको मात्रै समस्या होईन । देशब्यापी समस्याहो । तर, मैले त सावधानी अपनाएर उद्योगधन्दा चलाउनुस भनेकै छु । एभरेष्ट पेपर मिल र कसमस सिमेण्ट खोल्न मैले नै सुझाव दिएको हुँ । लकडाउनले उद्योगी ब्यवसायी भन्दा पनि श्रमिक मर्कामा परेको देखिन्छ । श्रमिक मजदुरका लागि पनि मैले उद्योग खोल्न आग्रह नै गरेको छु ।बजार खोल्ने बिषयमा के छ तयारी ?
सावधानी अपनाएर कसरी बजार खोल्न सकिन्छ भनेर ब्यापारीहरुसँग छलफल चलाईरहेको छु । यस बिषयमा छिट्ै निकास निस्कन्छ ।लकडाउनमा धनुषामा विकास निर्माणका काम कसरी भईरहेको छ नि ?
विकासका काम भईरहेका छन् । सम्बन्धित ठेकेदारहरुलाई मैले दबाव नै दिएर निर्माणको कामगर्नुस भनेँ । हुलाकी राजमार्ग र पुलहरु बनिरहेका छन् । ६ लेनको ढल्केबरको बाटो धमाधम बनिरहेको छ । जनकपुर एयरपोर्ट हाताको सडक मर्मत पनि बनाउन दबाव दिएँ । नमान्ने ठेकेदारलाई कार्वाहीको डण्डा चलाउँछु भनेपछि सबै ठेकेदारहरु धमाधम काममा भिडेका छन् । कामदार नपाउँदा कतिपयकाम हुन सकेका थिएनन् अहिले ती काम पनि तिब्र भईरहेका छन् ।अब प्रसगं बदलौँ । अन्यथा नलिनु होला,यहाँमा पनि कोरोना सक्रमण देखियो भन्ने समाचार बाहिरियो । कुरा के हो ?
यो सरासर गलत हो । मैले पनि समाचार पढेँ । तथ्य नै नबुझी समाचार लेख्नुहुन्न थियो । समाचारमा उल्लेख गरे अनुसार म कुनै पार्टीमा सहभागी बनेको पनि छैन । म त धनुषा मै खटिईरहेको छु नि ।कोरोना सक्रमण रोक्न रातदिन खटिएको तपाँईलाई नै कोरोनाले सक्रमण गरेको समाचार बाहिरिँदाको असर कस्तो परेको छ नि ?
News Desk 0 response आइतवार, जेष्ठ २५, २०७७
कुरा नगर्नुस् । चारैतिरबाट फोन आउन थाल्यो । आफन्तहरु चिन्तित बन्न थाले । मान्छेहरुको ब्यवहारमा परिवर्तन आउन थाल्यो । कतिपय त टाढिन नै पो थाले । यो गलत थियो । कोरोनाको सक्रमण देखिँदैमा रोगैले समातेको भन्ने बुझाई हुँदो रहेछ मान्छेको । चेतनाको अभाव देखियो । कतिपय सक्रमितलाई मैले प्रत्यक्ष भेट्दा कतिसम्मको ब्यवहार गरेको पाएँ भने एचआईभि एड्स लाग्दा पहिला पहिला मधेशका देहातहरुमा गर्ने खालको छिछि र दूरदूर सम्म गरेरे ति सक्रमितलाई मान्छेहरुले । चेतनाको अभावले यस्तो भएको हो । कोरोनासँग सम्बन्धित चेतना अझै जागृत गर्न जरुरी देखेँ मैले ।

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



