

-
जनकपुरधाम ।
कोरोनाकहरले बिश्व आतकिंत बनिरहँदा नेपालमा पनि सरकारले लकडाउन घोषणा गरेको छ । सरकारको लकडाउन घोषणासँगै नेपालका ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुको सकृयता एक्कासी बढ्यो । भारतसँग सिमा जोडिएको धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला पनि लकडाउन कार्यान्वयन गराउन मैदानमा उत्रिए । भारतबाट नेपाल भित्रिदै गरेका नेपाली नागरिक कोरोनाका लागि थप चुनौती भन्दै सरकारले नेपाल भारतका सबै नाका सिल गर्ने निर्णय गरेपछि प्रजिअ निरौलाका सामु थप चुनौती खडा भयो । जिल्लामा कोरोन संक्रमित बढ्न थालेपछि क्वारिन्टिन ब्यवस्थापन गर्न प्रजिअ निरौलाले थप सकृयता बढाउनु पर्ने भयो । यसै सिलसिलामा एक अनलाईन न्यूजपोर्टलले प्रजिअ निरौलामा पनि कोरोना सक्रमण देखिएको झुठो समाचार प्रकाशन गरेपछि भुसको आगो झैँ सर्वत्र हल्ला फैलिएपछि प्रायः फिल्डमा आफै खटिने प्रजिअ निरौलासँग अप्ठ्यारो महशुस हुने खालको ब्यवहार गरिन थालियो । तिनै प्रजिअ निरौला सँग पत्रकार सन्तोष बराइलीले जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयमा भेटेर लामो कुराकानी गरे । प्रस्तुत छ पत्रकार बराइली र प्रजिअ निरौला बिच भएको कुराकानीको अंश ः
कोरोनाकालिन अवस्थाको ब्यवस्थापन कसरी गरिरहनु भएको छ ?
म आफै फिल्डमा खटेर काम गरिरहेको छु । सुरक्षाकर्मी र स्थानीय निकायका जनप्रतिनिधी पनि सकृय छन् । सबैले आआफ्नो ठाउँबाट सकेको गरिरहेका छौँ ।धनुषामा कति ओटा क्वारिन्टाईन सञ्चालनमा छन् ?
४३ ओटा क्वारिन्टाईन, २ ओटा प्रादेशिक ल्याब र २ ओटा आइसोलेसन सञ्चालनमा छन् ।
कोरोना सक्रमितले क्वारिन्टाईनमा थप दुःख पाए भन्ने खवर बाहिरिएको छ नि ?
हेर्नुस् कुरा के हो भने हामीकहाँ आवश्यक भौतिकपूर्वाधारको अभाव छ । अब क्वारिन्टाईन सञ्चालन गरिएका कतिपय विद्यालयमा ट्वाईलेट समेत रहेन छ । हामी कहाँ स्रोत र सामाग्रीको पनि अभाव भयो । फेरि खरिद प्रकृयाले पनि कतिपय अवस्थामा समस्या देखियो । एक दुई ठाउँमा सक्रमितले दुख पाए होलान् तर सबैतिर होईन ।
हामीसँग जे उपलब्धता छ त्यसैमा काम चलाउनु पर्ने वाध्यताले गर्दा केही समस्या देखिएको पक्कै हो । तर, अब त्यस्तो छैन । यहाँका सबै क्वारिन्टाईन मापदण्ड विपरित पाउनु हुन्न ।भारतमा रोकिएका नेपालीलाई ल्याउने ब्यवस्था गरिरहनु भएको छ हैन ?
हो । स्थानीय निकायको समन्वयमा हामीले तपाँईहरुको नागरिक ल्याउनुस् भनेर जनप्रतिनिधीहरुलाई आग्रह गरेका छौँ । वहाँहरुले आफ्नै प्रयासबाट ल्याईरहनु भएको छ । जनप्रतिनिधिलाई आफ्ना नागरिकलाई ल्याएर सुरक्षितसाथ कसरी कसरी ब्यवस्थापन गर्न सकिन्छ गर्नुस् भनेको छु ।लकडाउनले ब्यापारीहरुमर्कामा परेको गुनासो गरिरहेका छन् । के लकडाउन खुकुलो बनाउन सकिदैन ?
लकडाउन बढ्दै जाँदा ब्यापारी मात्रै होईनन् उद्योगीहरु समेत मर्कामा छन् । यो धनुषाको मात्रै समस्या होईन । देशब्यापी समस्याहो । तर, मैले त सावधानी अपनाएर उद्योगधन्दा चलाउनुस भनेकै छु । एभरेष्ट पेपर मिल र कसमस सिमेण्ट खोल्न मैले नै सुझाव दिएको हुँ । लकडाउनले उद्योगी ब्यवसायी भन्दा पनि श्रमिक मर्कामा परेको देखिन्छ । श्रमिक मजदुरका लागि पनि मैले उद्योग खोल्न आग्रह नै गरेको छु ।बजार खोल्ने बिषयमा के छ तयारी ?
सावधानी अपनाएर कसरी बजार खोल्न सकिन्छ भनेर ब्यापारीहरुसँग छलफल चलाईरहेको छु । यस बिषयमा छिट्ै निकास निस्कन्छ ।लकडाउनमा धनुषामा विकास निर्माणका काम कसरी भईरहेको छ नि ?
विकासका काम भईरहेका छन् । सम्बन्धित ठेकेदारहरुलाई मैले दबाव नै दिएर निर्माणको कामगर्नुस भनेँ । हुलाकी राजमार्ग र पुलहरु बनिरहेका छन् । ६ लेनको ढल्केबरको बाटो धमाधम बनिरहेको छ । जनकपुर एयरपोर्ट हाताको सडक मर्मत पनि बनाउन दबाव दिएँ । नमान्ने ठेकेदारलाई कार्वाहीको डण्डा चलाउँछु भनेपछि सबै ठेकेदारहरु धमाधम काममा भिडेका छन् । कामदार नपाउँदा कतिपयकाम हुन सकेका थिएनन् अहिले ती काम पनि तिब्र भईरहेका छन् ।अब प्रसगं बदलौँ । अन्यथा नलिनु होला,यहाँमा पनि कोरोना सक्रमण देखियो भन्ने समाचार बाहिरियो । कुरा के हो ?
यो सरासर गलत हो । मैले पनि समाचार पढेँ । तथ्य नै नबुझी समाचार लेख्नुहुन्न थियो । समाचारमा उल्लेख गरे अनुसार म कुनै पार्टीमा सहभागी बनेको पनि छैन । म त धनुषा मै खटिईरहेको छु नि ।कोरोना सक्रमण रोक्न रातदिन खटिएको तपाँईलाई नै कोरोनाले सक्रमण गरेको समाचार बाहिरिँदाको असर कस्तो परेको छ नि ?
News Desk 0 response आइतवार, जेष्ठ २५, २०७७
कुरा नगर्नुस् । चारैतिरबाट फोन आउन थाल्यो । आफन्तहरु चिन्तित बन्न थाले । मान्छेहरुको ब्यवहारमा परिवर्तन आउन थाल्यो । कतिपय त टाढिन नै पो थाले । यो गलत थियो । कोरोनाको सक्रमण देखिँदैमा रोगैले समातेको भन्ने बुझाई हुँदो रहेछ मान्छेको । चेतनाको अभाव देखियो । कतिपय सक्रमितलाई मैले प्रत्यक्ष भेट्दा कतिसम्मको ब्यवहार गरेको पाएँ भने एचआईभि एड्स लाग्दा पहिला पहिला मधेशका देहातहरुमा गर्ने खालको छिछि र दूरदूर सम्म गरेरे ति सक्रमितलाई मान्छेहरुले । चेतनाको अभावले यस्तो भएको हो । कोरोनासँग सम्बन्धित चेतना अझै जागृत गर्न जरुरी देखेँ मैले ।


सम्बन्धित शीर्षकहरु

व्यापार अनिश्चितताका बीच अमेरिकी उत्पादनमा सङ्कुचन, आर्थिक मन्दीको सम्भावना बढ्यो
शुक्रबार, बैशाख १९, २०८२-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२