

-

काठमाडौँ । विश्व ट्रेड युनियन महासङ्घ समन्वय समिति नेपालले नेपाली आप्रवासी कामदारलाई सुरक्षित राख्न माग गरेको छ । समितिका नेपाल संयोजक प्रेमलकुमार खनालले अपिल जारी गर्दै कोरोना भाइरसका कारणले विश्वभरि रहेका नेपाली श्रमिकको अवस्था दयनीय बन्दै गएकाले तिनीहरुलाई सुरक्षित साथ बसोबास, स्वास्थ्य र खानपिनमा हेरविचार गर्न सरकार र सम्बन्धित देशमा रहेका कूटनीतिक नियोगसँग माग गरेका छन् ।
“अन्तर्राष्ट्रिय आप्रवासी कानूनले आप्रवासी श्रमिकलाई सम्बन्धित देशका नागरिक र श्रमिकसरह सुरक्षित हुन र बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ”, अपिलमा भनिएको छ, “यस्तो विपत्तिको घडीमा नेपाल सरकार र विदेशस्थित कूटनीतिक नियोगहरु अझ बढी जिम्मेवारी बोधका साथ नेपाली श्रमिकलाई ती देशमा सुरक्षित बसोबास गराउने, स्वास्थ्य र खानपिनमा हेरबिचार पुर्याइ समान व्यवहार गर्न÷गराउन युद्धस्तरमै पहलकदमी गरी सबैको स्थितिलाई सुरक्षित गराउन लाग्न आग्रह गर्दछौँ ।”
उनले सुरक्षित बसोबासका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) मार्फत पनि आप्रवासी श्रमिकलाई सुरक्षित गर्न र समान व्यवहार गर्न÷गराउन सहयोगका लागि सरकारको तर्फबाट अनुरोध गरी पहलकदमी लिन आग्रह गरेका छन् ।
अपिलमा हरेक गन्तव्य मुलुकमा कार्यरत श्रमिकको अवस्थाबारेमा कूटनीतिक नियोगबाट नियमितरूपमा जानकारी हुने गरी सूचना सम्प्रेषण गर्न प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारलाई समेत आग्रह गरेका छन् ।
लकडाउन कारण ती मुलुकमा काम गरिरहेका उद्योगधन्दा, व्यापार–व्यवसायसमेत बन्द भएकाले नेपाली श्रमिकको जीवनरक्षाका साथै रोजगारीसमेत असुरक्षित बन्दै जाने, सङ्क्रमणका कारण कतिपय श्रमिकको मृत्युु हुनुका साथै गम्भीर बिरामीको अवस्थामा रहन बाध्य हुनुपर्ने स्थिति आउनसक्ने भन्दै त्यसप्रति सम्बद्ध निकाय बढी गम्भीर बन्नुपर्ने उनले अपिलमा भनेका छन् ।
News Desk 0 response शुक्रबार, बैशाख १२, २०७७

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२



