

-
हेटौंडा : मकवानपुरको सडक डिभिजन कार्यालय हेटौँडाले बजारको मुख्य सडक विस्तारका लागि घरसंरचना हटाउने काम तत्कालका लागि स्थगित गरेको छ । सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरेको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।
सर्वोच्च अदालतले तत्कालका लागि घर–टहरा भत्काउने काम रोक्न अस्ति शुक्रवार नै अल्पकालीन आदेश जारी गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय मकवानपुर र सडक डिभिजन कार्यालयले आधिकारिक रूपमा आदेश प्राप्त नभएको भन्दै हिजो बिहानै डोजर चलाएर ५ सय ३१ वटा घर–टहरा भत्काएका थिए ।
सडक डिभिजन कार्यालयले आज भने सर्वोच्च अदालतको पत्र प्राप्त भएको भन्दै भत्काउने काम रोकेको हो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी हुने वा नहुने भन्नेबारेमा छलफलका लागि मङ्सिर २६ गतेको पेशी तोकेको छ ।
यसैबीच हेटौँडा उपमहानगरपालिकाले सडक विस्तारका क्रममा भत्काएका घर बनाउन सहुलियतपूर्ण ब्याजका लागि पहल गर्ने निर्णय गरेको छ । उपमहानगरको आज बसेको ७६औं कार्यपालिका बैठकले भत्किाएका घर बनाउन सहुलियतपूर्ण ब्याजको ऋणका लागि अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
यस्तै सडक विस्तारका क्रममा प्रभावित भइ व्यवसायको निरन्तरता हुन नसकेका व्यवसायीको लगत लिइ व्यवसाय सुरू नहुँदासम्म व्यवसाय कर छुट दिनका लागि नगरसभासमक्ष पेश गर्ने निर्णय पनि भएको छ ।
News Desk 0 response आइतवार, मंसिर २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३
-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


