

-
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार सम्बन्धमा थप अनुसन्धान गर्ने भएको छ ।
आयोगले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ लागत अनुमान बढाएर भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ, जसमा ५५ व्यक्ति र एक चिनियाँ कम्पनीसहित ५६ जनालाई प्रतिवादी बनाइएको छ ।
अख्तियारले दायर गरेको मुद्दाको चार्जसिटमा उल्लेख भएअनुसार विशेष अदालत काठमाडौंबाट मुद्दा नं ०७४–सीआर–०१६७ मा भएको फैसलालाई आधार मान्दै फरक–फरक प्रकृतिका र अवधिका वारदातहरू तथा फरक–फरक निर्णयकर्ताहरू भएकाले ती विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने निर्णय गरेको छ ।
विशेष अदालतले फरक प्रकृतिका, फरक मितिका, फरक विषयवस्तुका र फरक संलग्न व्यक्ति भएका मुद्दाहरूमा भिन्नाभिन्नै आरोपदाबी ल्याउन आयोगको ध्यानाकर्षण गराएको थियो ।
आयोगले विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधानविपरीत कर छुट दिएर भ्रष्टाचार भएको भन्ने विषयमा पनि छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने जनाएको छ । यो प्रकरणमा थप तीन वटा विषयमा अनुसन्धान अघि बढाइनेछ ।
त्यस्तै विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सबै सुविधा र पूर्वाधारहरू निर्माण गर्ने दायित्व ठेकेदारको हुने व्यवस्था रहेकोमा छिने डाँडा र रिठ्ठेपानी डाँडा कटानका लागि सम्झौताविपरीत प्राधिकरणले ३२ करोड २ लाखमा छुट्टै निर्माण व्यवसायीलाई भुक्तानी दिई अनियमित र भ्रष्टाचार गरेको भन्नेसमेत विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने भनिएको छ ।
साथै नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङबिच भएको सम्झौताको आइटम नम्बर १।२ मा समावेश २८ लाख अमेरिकी डलरबाट परामर्शदाता नियुक्त नगरी प्राधिकरणको छुट्टै बजेटबाट खर्च गर्ने गरी परामर्शदाता नियुक्त गर्दा अनियमितता र भ्रष्टाचार गरेको भन्नेसमेत विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने पनि भनिएको छ ।
News Desk 0 response आइतवार, मंसिर २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३
-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


