

-
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणको लागि बिहीबार साँझ भारत आउँदैछन् । करिव ३० घण्टा भारतमा रहँदा उनले भारतीय नेताहरुसँग भेटघाट गर्नुको साथै भारतसँग विभिन्न सम्झौताहरु गर्नेछन् ।
युक्रेन युद्धको कारण अमेरिका र युरोपेली देशहरुबाट चर्को आलोचना खेपिरहेका पुटिनको भारत भ्रमणलाई विश्वव्यापीरुपमा चासोका साथ हेरिएको छ । उता, पुटिनको भ्रमण शुरु हुनु केही घण्टा अगाडि भारतमा रहेका जर्मनी र फ्रान्सका राजदूतहरु तथा बेलायतका उच्चायुक्तले कडा टिप्पणीसहित संयुक्त लेख लेखेपछि त्यसले कुटनीतिक क्षेत्रलाई थप तताईरहेको छ ।
पुटिन ४ वर्षपछि पहिलो पटक भारत भ्रमणमा आउन लागेका हुन् । यसअघि सन् २०२१ मा भारत भ्रमणमा आएका उनले आफ्नो भ्रमणको दौरानमा भारतीय राष्ट्रपति द्रौपति मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतका उच्च पदस्त अधिकारीहरुसँग भेट गर्नेछन् ।
अमेरिकाले भारतलाई रुससँगको कारोबार बन्द गर्न दबाब दिइरहेको बेला हुन लागेको पुटिनको भ्रमणको क्रममा ठूलो मात्रामा सैन्य,उर्जा, कृषिलगायतका आर्थिक क्षेत्रसँग थुप्रै सम्झौताहरुमा हस्ताक्षर हुने भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतले रुसबाट ठूलो मात्रामा हात हतियार, पेट्रोलियम पदार्थ र कृषि उपजहरु खरिद गर्ने र रुसले भारतबाट पनि विभिन्न बस्तुहरु खरिद गर्ने, भारतीय जनशक्तिलाई रुसमा रोजगारी दिनेलगायतका विषयहरुमा सम्झौता हुने बताइएको छ ।
पुटिनको भ्रमणको लागि नयाँ दिल्लीमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । बाहिरबाट नयाँ दिल्ली प्रवेश गर्ने हरेक रुटहरुमा चेक जाँचलाई कडा पारिएको छ ।
उता,पुटिनको भ्रमण शुरु हुनु केही घण्टा अगाडि भारतमा रहेका जर्मनीका राजदूत फिलिप एकरम्यान, फ्रान्सका राजदूत थिरी मथाउ र बेलायतका उच्चायुक्त लिंडी क्यामरुनले टाइम्स अफ इण्डियामा लेखेको एउटा संयुक्त लेखले भारतको राजनीति र कुटनीतिक क्षेत्रलाई थप तताएको छ ।उनीहरुले लेखमा भारतलाई रुससँग सम्झौता गर्नु अगाडि रुसले युक्रेनमा गरिरहेको अत्याचारलाई स्मरण गर्न आव्हान गरेका छन् ।
उनीहरुले भारतले रुसी राष्ट्रपति पुटिनसँग रुस विश्व शान्तिको लागि चुनौति बनिरहेको कुरा स्मरण गराउन आग्रह गर्दै भारतले आफ्नो क्षणिक स्वार्थको लागि रुससँग झुके त्यो दुर्भाग्यपूर्ण हुने भन्दै चेतावनी दिएका छन् ।
उनीहरुको लेख प्रकाशित भएपछि त्यसले भारतको स्वतन्त्रतामा हनन गरेको र लेख लेखेका कुटनीतिज्ञहरुले भारतको सम्प्रभुतामाथि आक्रमण गरेको भन्दै तीब्र आक्रोस व्यक्त भइरहेको छ । वरिष्ठ अधिवक्तासमेत रहेका सांसद कपिल सिब्बलले कुटनीतिज्ञहरुले कुटनीतिक मूल्य मान्यतालाई विर्सेर भारतको विरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै उनीहरुमाथि कारवाही गर्न माग गरेका छन् ।
भारतीय कुटनीतिक क्षेत्रका कैंयौं जानकारहरुले त ती तीनजना कुटनीतिज्ञहरुमाथि मात्र नभएर उक्त लेख प्रकाशित गर्ने पत्रिका टाइम्स अफ इण्डियाका प्रकाशक र सम्पादकलाई समेत कारवाही गर्नु पर्ने आवाज उठाइरहेका छन् । तर सरकारको तर्फबाट भने त्यसबारेमा कुनै टिप्पणी गरिएको छैन ।
पुटिनको भ्रमणको बेला त्यो मुद्दालाई चर्किए त्यसले थप विवाद सृजना गर्न सक्छ भन्ने महसुस गरेर सरकार मौन बसेको हुन सक्ने आशंका गरिएको छ । पुटिन फर्किए पछि ती राजदूतहरुलाई भारत सरकारको तर्फबाट चेतावनी दिन सक्ने सम्भावना रहेको बताइएको छ ।
News Desk 0 response बुधबार, मंसिर १८, २०८२

सम्बन्धित शीर्षकहरु
-
शेरबहादुर देउवाले चुनाव नलड्ने
मङ्लबार, माघ ७, २०८२ -
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
चीनको अर्थतन्त्र सन् २०२५ मा ५ प्रतिशतले..
सोमवार, माघ ६, २०८२
-
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
निर्वाचनको तयारी र दलहरूको सक्रियताले देश नै..
सोमवार, माघ ६, २०८२ -
निर्वाचन आयोगलाई गम्भीर आरोप लगाएका दुर्गा प्रसाईं..
सोमवार, माघ ६, २०८२
-
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२



