

-
काठमाडौं : आकर्षक विज्ञापन दिएर सजावटको साथ राखिएका टिभिएसका बाइक र स्कुटर हेर्दा जो कोहीलाई खरिद गर्न मन लाग्छ । अझ यस्मा उनीहरुले विभिन्न स्किमहरु राखेर ग्राहकलाई कम्पनीसम्मै ल्याउन लोभ्याउने गर्छन् । स्किमहरुमा जस्तोसुकै अवस्थाका बाइक,स्कुटर ल्याउनुस् मिनिमम भ्यालुएसन ३० हजार, १५ हजार नगदमा छुट, स्क्र्याच कुपनमा १ लाख सम्म छुट, ब्याग, हेलमेट, रेनकफर, राइडिङ ज्याकेट सबै उपहार आदी यस्तै यस्तै विज्ञापन गर्ने गरिन्छ । तर ति कुरा जवसम्म ग्राहकले ति स्कुटर वा वाइक खरिद गर्न रकम दिँदैन त्यतिबेला सम्म मात्रको लागि भ्यालिड रहेछ ।
ग्राहकबाट वाइक स्कुटर खरिदको रकम जव भुक्तानी हुन्छ अनि अगाडी तिनै कुरा कमिट्मेन्ट गर्ने ब्यवस्थापकहरुले भन्ने कुराहरु :
लुट एक : पुरानो बाइक स्कुटर सनाखतमा रकम लाग्छ
हो, टिभिएसका ब्यवस्थापकले डिल नगरिएका विषयमा अव प्रवेश गर्दै पुरानो बाइक मर्मत गर्नुपर्छ, यो बनाउनु पर्छ, त्यो बनाउनुपर्छ, हामीलेपनि बेच्ने त ग्राहलाई नै हो भन्छन् । तपाईँले सनाखत गरिदिनु पर्यो भनेर कुनै एउटा ब्यक्तिको नम्बर दिन्छन् अनि गुर्जुधारामा नागरिकता लिएर नामसारी गरिदिन आउनु भनी बोलाइन्छ । त्यहाँ गएपछि सनाखतमा ल्याप्चे लगाइवरी अव घर जाउँ भनेपछि कठालो समातेर कहाँ जाने, यो नामसारी बापतको रकम कस्ले दिन्छ भनेर ८–९ हजारको विल थमाउने, थर्काउने काम हुन्छ, सोझा सिधाले त्यहीँ दिन्छन् अलि बोल्न सक्नेले टिभिएस कम्पनीसँग कुरा गर्छु भन्छन् । कम्पनीमा फोन लगाउँदा हो तिर्नुपर्छ, पुराना नामसारी गरिदिने जिम्मेवारी त तपाईँको हो नी तिर्नै पर्छ भनिन्छ । यसैमा हुन्छ लफडा ।त्यस्तै नयाँ किनेको बाइक स्कुटरको पनि नामसारी गर्नुपर्छ, त्यस्को पनि पैसा लाग्छ भनेर छुट्टै रकम मागिन्छ र रसिद पनि दिईँदैन । किन्दा पनि र बेच्दा पनि दोहोरो रकम अशुल्ने काम टिभिएसले गर्दो रहेछ ।
लुट दुई : १५ हजार नगद छुट, त्यसैमा छ ब्रम्हलुट !
क्यासमा १५ हजार छुट भनेर मख्ख परेका ग्राहक त्यतिवेला ब्युँझछन् कि बिलबुक लिन जाँदा । बिलबुक लिन जाँदा उनीहरुले पाउने भनेको छुट दिँइदैन । भन्छन् त्यो १५ हजार छुट त तपाईँले पुरानो बाइक बिक्री गर्दैमा पाइसक्नु भयो नी ! तपाईँको पुरानो बाईकको भ्यालुएसन १५ हजार थियो त्यस्मा हामीहरुले १५ हजार थपेर ३० हजार बनाइदिएको हो अब कहाँको अरु १५ हजार छुट हुन्छ । त्यो त्यही हो भन्छन् र थप कुरा गर्न खोज्दैनन् । ब्यवस्थापकहरु अन्तै आफू ब्यस्त भएको नौटङ्की गर्न थाल्छन् ।लुट तीन : स्क्रयाच कुपन १ लाख सम्मको
स्क्र्याच कुपन माग्दा उनीहरुको जवाफ आउँछ के को स्क्रयाच कुपन हो । १५ हजार त नगद छुट पाईसक्नु भयो नी तपाईँले । कुपनमा १ हजार पर्यो भने १४ हजार फिर्ता दिनुहुन्छ ? यस्तै यस्तै भनेर स्क्रयाच कुपन नै ग्राहकलाई दिईँदैन ।लुट चार : फ्रि एसेशरिज
ब्याग, हेलमेट, रेनकभर, ज्याकेट भनेर दिइन्छ ति नाम मात्रका ।
क) ब्याग : सो रुमममा देखाउन राखिएको ब्याग त विक्री गर्नलाई पो हो रे ! ग्राहकहरुलाई दिने ब्याग त एक किलो तरकारी हाल्दा चुँडिने अत्यन्त न्यून गुणस्तरको ।
ख)हेलमेट : गुणस्तरको कुनै सर्टिफाई नभएको अत्यन्त कमसल र कमजोर गुणस्तरको हेलमेट दिइन्छ । टेबुलबाट भुँईमा खस्दा फुट्ने खालको । यस्ले यदी दुर्घटना भयो भने कसरी टाउको बचाउला र ?
ग) ज्याकेट : ज्याकेट पनि ब्याग जस्तै रहेछ, सो रुमममा देखाउन राखिएको ज्याकेट चाँही विक्री गर्नलाई रे, ग्राहकहरुलाई दिने ज्याकेट त लगाउनै नमिल्ने, अत्यन्तै न्यून गुणस्तरको र न जाडो लगाउने, न त गर्मीमा लगाउन मिल्ने खालको माग्नेलाई फलेको चामल कस्ले दिन्छ भन्ने उखानको याद दिलाउने रहेछ ।
घ) रेन कभर : पहिलो पटक लगाउँदै धागो निस्केर दोश्रो पटक लगाउन नमिल्ने कमसल गुणस्तरको ।
यसरी ग्राहकलाई बाइक स्कुटर किनेपछि दिइने भनेका सामानहरु कामै नलाग्ने र प्रयोग गर्न नमिल्ने मात्र दिइँदो रहेछ, सो रुममा देखाइएका सामानहरु त हेर्ने मात्रै रे !लुट पाँच : कमजोर सर्भिसिङ सेन्टर
टिभिएसका सर्भिसिङ सेन्टरको ब्यवस्थापन एकदम कमजोर रहेछ । सर्भिस गर्ने क्रम तोकिएपनि भनसुन, खासखुससँगै पछि आउनेको सिधै सर्भिसिङ गरिने हुँदा पहिले आउने रोइकराई बल्ल बल्ल पालो पाउने रहेछ । कुन पटकको सर्भिसिङ गर्दा के के गर्ने भन्ने कुरा मिस्त्रीलाई समेत थाहा हुँदो रहेनछ । १ बजे लिन आउनु भनेर बोलाए पनि ५ बजेसम्म कुराउने चलन हुँदो रहेछ ।कमजोर ब्यवस्थापन, विक्रीपछिको सेवा जिरो
टिभिएसका हेड अफिस लगायतका ब्रान्च सोरुमहरुमा ब्यवस्थापन एकदमै कमजोर हुने देखियो । अझ भन्नु पर्दा विक्री पछिको सेवा त जिरो नै रहेछ टिभिएस कम्पनीमा । बाइक स्कुटरको नम्बरप्लेट दिन महिनौ दिन लगाउने, झुलाउने, फोन आउँछ भन्ने फोन नगर्ने, भोली आउँछ, पर्सी आउँछ भन्ने आएको छैन भन्ने त्यो आम कर्मचारीहरुलाई पचिसकेको कुरा रहेछ । विलबुक महिनौ सम्म नदिँदा ग्राहकहरुलाई ट्राफिक प्रहरीले दुःख पाउँछन् भन्ने हेक्का नराखिदो रहेछ । विलवुक सँगसँगै भ्याट विल पनि दिइनु पर्नेमा भ्याट छल्न हो या किन हो विल दिन आनाकानी गरिँदो रहेछ । भ्याट विल त फाइलमा छ भनेर टार्न खोजिँदो रहेछ । मलाई जसरी पनि विल चाहियो भनेपछि चाहिँ आज प्रिन्टर विग्रिएको छ पछि आउनु भनेर फर्काउने गरिँदो रहेछ । विक्री गर्नु अगाडी टिभिएसको लाईफटाइम वारेन्टी त भन्ने कुरा न हो जस्तै लाग्यो । किनकी सर्भिस सेन्टरको को सर्भिस दयनिय र रिस उठ्ने खालको देखेपछि अर्कोपटक त्यो ग्राहक टिभिएसको सर्भिस सेन्टर मा नै जाँदैन । टिभिएसको सर्भिस सेन्टर नगएपछि वारेन्टी भ्यालिड छैन । त्यसैले होला सर्भिस सेन्टरमा मनलाग्दी छ जो ।- हरि प्रसाद अधिकारी /सहसम्पादक

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



