-
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट थुनुवा फरार भएको प्रकरणमा प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयले बिहीबार प्रहरी उपरीक्षक (एसपी) भोला रावलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
बुधबार राति जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको झ्याल फोडेर लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका तीन जना फरार भएका थिए । प्रदेश प्रहरीले घटनाको छानबिन गरी दोषीलाई कारवाहीको सिफारिस गर्न प्रहरी उपरीक्षक रावलको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिना, प्रहरी निरीक्षक सुरजबहादुर खड्का, प्रहरी नायब निरीक्षक अम्मर रावत र प्रहरी सहायक निरीक्षक पे्रम शर्मा सदस्य रहेको समिति गठन गरेको हो । प्रदेश प्रहरीका प्रवक्ता एवं छानबिन समितिका सदस्य तिम्सिनाका अनुसार समितिले पाँच दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश पाएको छ ।
थुनुवा कक्षबाट फरार हुनेहरुमा वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मी, २० वर्षीय सुनिल चौधरी र वीरेन्द्रनगर–११ का २१ वर्षीय सन्देश कशेरा रहेका छन् । जिल्ला प्रहरीले रेग्मी र चौधरीलाई चैत १६ गते तथा कशेरालाई फागुन २६ गते ब्राउनसुगरसहित पक्राउ गरेको थियो । जिल्ला प्रहरीले फरार थुनुवाको खोजी कार्य तीव्र पारेको जनाएको छ ।
फरार पक्राउ
जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षबाट फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार तीनै जनालाई चौैबीस घण्टा नबित्दै प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । लागुऔषधसम्बन्धी मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मी, २० वर्षीय सुनिल चौधरी र वीरेन्द्रनगर–११ का २१ वर्षीय सन्देश कशेरा बुधबार राति थुनुवाकक्षको झ्याल फोडेर फरार भएका थिए । फरार थुनुवा पक्राउ गर्न प्रदेश र जिल्ला प्रहरी कार्यालयबाट ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले कशेरालाई भेरीगङ्गा नगरपालिकाको सत्तरी तथा रेग्मी र चौधरीलाई वीरेन्द्रनगर–६ लक्ष्मी चलचित्र हल नजिक लुकीछिपी बसेको अवस्थामा फेला पारेको जानकारी दिएका छन् । रासस
News Desk 0 response शुक्रबार, चैत्र २१, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१