

-
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट थुनुवा फरार भएको प्रकरणमा प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयले बिहीबार प्रहरी उपरीक्षक (एसपी) भोला रावलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
बुधबार राति जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको झ्याल फोडेर लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका तीन जना फरार भएका थिए । प्रदेश प्रहरीले घटनाको छानबिन गरी दोषीलाई कारवाहीको सिफारिस गर्न प्रहरी उपरीक्षक रावलको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिना, प्रहरी निरीक्षक सुरजबहादुर खड्का, प्रहरी नायब निरीक्षक अम्मर रावत र प्रहरी सहायक निरीक्षक पे्रम शर्मा सदस्य रहेको समिति गठन गरेको हो । प्रदेश प्रहरीका प्रवक्ता एवं छानबिन समितिका सदस्य तिम्सिनाका अनुसार समितिले पाँच दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश पाएको छ ।
थुनुवा कक्षबाट फरार हुनेहरुमा वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मी, २० वर्षीय सुनिल चौधरी र वीरेन्द्रनगर–११ का २१ वर्षीय सन्देश कशेरा रहेका छन् । जिल्ला प्रहरीले रेग्मी र चौधरीलाई चैत १६ गते तथा कशेरालाई फागुन २६ गते ब्राउनसुगरसहित पक्राउ गरेको थियो । जिल्ला प्रहरीले फरार थुनुवाको खोजी कार्य तीव्र पारेको जनाएको छ ।
फरार पक्राउ
जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षबाट फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार तीनै जनालाई चौैबीस घण्टा नबित्दै प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । लागुऔषधसम्बन्धी मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मी, २० वर्षीय सुनिल चौधरी र वीरेन्द्रनगर–११ का २१ वर्षीय सन्देश कशेरा बुधबार राति थुनुवाकक्षको झ्याल फोडेर फरार भएका थिए । फरार थुनुवा पक्राउ गर्न प्रदेश र जिल्ला प्रहरी कार्यालयबाट ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले कशेरालाई भेरीगङ्गा नगरपालिकाको सत्तरी तथा रेग्मी र चौधरीलाई वीरेन्द्रनगर–६ लक्ष्मी चलचित्र हल नजिक लुकीछिपी बसेको अवस्थामा फेला पारेको जानकारी दिएका छन् । रासस
News Desk 0 response शुक्रबार, चैत्र २१, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



