-
दमौली । तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफाभित्र सेतीकाली साहित्य सङ्गमद्वारा आयोजित २८ औँ काव्य शृङ्खला सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० नयाँ पर्यटकीय गन्तव्यका रुपमा सो गुफालाई सूचीकृत गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले गुफाभित्र काव्य शृङ्खला सम्पन्न गरिएको सङ्गमका अध्यक्ष नारायणकैलाश सिग्देलले जानकारी दिनुभयो । “नगर क्षेत्रभित्रका विभिन्न पर्यटकीयस्थलमा पुगेर काव्य शृङ्खला आयोजना गर्दै आएका छाैँ”, उहाँले भन्नुभयो, “यसपटक भने पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गुफाभित्रै कार्यक्रम गर्यौँ ।”
साहित्यकार अर्पिता पाण्डे, सुष्मा चालिसे, हरिप्रसाद सुवेदी, हरिबोल लम्साल, दिनानाथ पराजुली, रामशरण गैह्रे, रोशनी थापा, धु्र्रव सुवेदीले कविता, गजल, हाइकुलगायतका सिर्जना वाचन गर्नुभएको थियो । भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्दै सङ्गमले काव्य शृङ्खला गर्दै आइरहेको छ ।
सिद्धगुफा विकास समितिले केही दिनअघि मात्रै नेपाल भ्रमण वर्षको औपचारिक शुरुआत गरेको थियो ।यस क्रममा गुफामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । गुफा जाने बाटोमा फलामको बारसहितको सिँढी, प्रतीक्षालय, वनभोजस्थल र पार्किङस्थल निर्माण गरिएका छन् । सो मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त रु ३६ लाख, समितिको रु छ लाख र सहयोगबाट उठेको रु १० लाख गरी रु ५२ लाखको लागतमा पूर्वाधार निर्माण गरिएको छ ।
समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही अनुसार समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र सिद्धगुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमि दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीनवटा शौचालय, पानीको दह निर्माण गरिसकेको छ ।
ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो सो गुफामा चार तल्लाको रहेको छ । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० मानिस अट्न सकिन्छ । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तल्लाको ढोका भने चुनको रसायनले बन्द भएको छ । रासस
News Desk 0 response सोमवार, माघ २०, २०७६
सम्बन्धित शीर्षकहरु
कविता- “म”
बिहिबार, अशोज ३, २०८१गायक प्रकाश तिमिल्सिनाको निधन
आइतवार, साउन २७, २०८१मेनुका पौडेल इण्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिर
सोमवार, माघ २२, २०८०दत्तात्रय लक्ष्मी–नारायण मन्दिरको याक्षी टुँडाल न्युयोर्कमा
मङ्लबार, अशोज २३, २०८०-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१