

-
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्द्वारा यही माघ १५ र १६ गते आयोजना गरिने राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधि गजलकार छनोट भएका छन् । प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार विगतमा अन्य संस्थाको समन्वयमा गजल महोत्सव आयोजना गरिएको भए पनि प्रतिष्ठानको आयोजनामा प्रदेशगत आधारमा प्रतिनिधि चयन गरी यस वर्ष पहिलोपटक राष्ट्रियस्तरको महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवमा सहभागी हुने गजलकार, कार्यपत्र प्रस्तोता, समीक्षक र प्रतिनिधिको छनोट तथा अन्य व्यवस्थापनको तयारी पूरा भएको प्रतिष्ठानका काव्य विभाग प्रमुख एवम् महोत्सवका संयोजक प्राडा हेमनाथ पौडेलले जानकारी दिनुभयो । महोत्सवमा सातै प्रदेशबाट पाँच–पाँचजना प्रतिनिधि गजलकारका साथै उपत्यकाबाट करीब ४० गरी ७५ प्रतिनिधि गजलकारको सहभागिता रहनेछ ।
प्रज्ञा–प्रतिष्ठान र अनाममण्डली संस्थाको सहकार्यमा यसअघि पनि गजलबारे राष्ट्रिय सम्मेलन गरिएको थियो । गजल विधाका जानकार घनेन्द्र ओझाले प्रज्ञा प्रतिष्ठानले नेपाली गजलको मानक निर्माण गर्नसमेत कार्यदल गठन गरी काम अघि बढाउने तयारी गरेकामा खुशी व्यक्त गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रममा प्रदेशबाट छानिएर आएका गजलकारको गजल वाचन हुनेछ भने सोही दिन वरिष्ठ गजलकारले गजल सुनाउनेछन् ।
पहिलो दिन करीब एक हजार दुई सय र दोस्रो दिन करीब तीन सयको सहभागिता रहने महोत्सवमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा आधुनिक नेपाली गजल’ र ‘प्रज्ञा नेपाली बाल गजल’को लोकार्पणसमेत हुनेछ । महोत्सवको दोस्रो दिन ‘नेपाली गजलः परम्परा र प्रवृत्ति’ बारे टीकाराम उदासी तथा ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ बारे डा घनश्याम न्यौपाने ‘परिश्रमी’ र ओझाले गोष्ठीपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । अर्को सत्रमा ‘आजको गजल लेखनः चुनौती र दिशा’ विषयमा परिसंवाद हुनेछ । महोत्सवको तयारीका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । रासस
News Desk 0 response आइतवार, माघ १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



