• ललितपुर । पूर्व पशुपंक्षी विकास मन्त्री श्रीप्रसाद जबेगुद्वारा लिखित ‘साप्थबा’ (लेखिराखेको) नामक कथासङ्ग्रह सार्वजानिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, पूर्व सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की, याक्थुङ लेखक सङ्घका केन्द्रीय सदस्य सागर केरुङ र रचनाकार जबेगुले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा पुस्तक सार्वजानिक गर्नुभयो ।

    पूर्वकुलपति काइँलाले कथा सङग्रहभित्रका रचनाले जीवनको भावलाई उजागर गरेको बताउनुभयो । कथासङग्रहभित्र विभिन्न शीर्षकका १५ कथा समावेश गरिएका छन् । रासस