• काठमाडौँ । लिम्बू भाषाका अध्यता इमानसिंह चेम्जुङको योगदानसम्बन्धी विषयवस्तु समेटेर तयार गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ ।

    इमानसिंह चेम्जोङ मेमोरियल फाउन्डेशनद्वारा आज यहाँ आयोजित विशेष वृत्तचित्र प्रदर्शनी समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले उक्त वृत्तचित्रको शुभारम्भ गर्नुभयो ।

    करिब ४५ मिनेट समयको उक्त वृत्तचित्रमा इमानको व्यक्तित्व, लिम्बू भाषा, संस्कृति र अनुसन्धानमा पु¥याउनुभएको योगदानको चर्चा गरिएको छ । इमानले लिम्बू भाषाका कतिपय कृतिलाई सरलीकृत गरेर देवनागरी लिपिमा ढाल्नुभएको थियो । सिक्किममा सन् १९०४ मा जन्मनुभएका इमानले किरात तथा लिम्बू भाषा, संस्कृति र लिपि संरक्षणका प्रवर्तकका रुपमा चिनिनु हुन्छ । पत्रकार सन्छेलुङ पतङवा उक्त वृत्तचित्रको निर्देशक हुनुहुन्छ । रासस