-
इनरुवा । बिहानै सुनसरी सदरमुकाम इनरुवाका मूर्तिकार कोइ माटो मुछ्न त कोइ पराल बाध्न कोइ माटोका कलात्मक सरस्वतीका मूर्ति बनाउने काममा व्यस्त बनेका हुन्छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ सरस्वती मूर्तिका अगाडि नै सबैलाई माटोबाट निर्माण गरिएको सरस्वतीको कलात्मक मूर्ति सहजरुपमा पुर्याउने ।
सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानमा रहेका मूर्तिकार स्थानीयको सरस्वती पुजालाई सहज बनाउने उद्देश्यले माटोका कलात्मक सरस्वतीका मूर्ति बनाउने कार्यमा व्यस्त बनेका इनरुवा नगरपालिका–४ का मूर्तिकार मनोज मेहताले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय, शैक्षिक प्रतिष्ठान र निजी विद्यालयका सञ्चालकले समेत सरस्वती मूर्तिको पुजा गर्ने भएकाले मूर्तिको माग अत्याधिक बढेपछि आफुहरु माटोका कलात्मक मूर्ति बनाउन व्यस्त बनेको मूर्तिकार मेहताले बताउनुभयो ।
विद्यार्थी प्रत्येक घरमा रहने भएकाले सरस्वती मूर्तिका लागि गाउँदेखि शहरसम्म सर्वसाधारणसहित शैक्षिक प्रतिष्ठान सञ्चालकले सरस्वती मूर्ति नै खोज्ने भएकाले अगाडिदेखि नै मूर्ति बनाउन लागिपरेको मेहताको भनाइ छ । एक मूर्ति बनाउन तीन दिनदेखि पाँच दिनसम्म लाग्ने गरेको उहाँले बताउनुभयो । एउटा मूर्ति बनाउन रु ५०० देखि रु एक हजारसम्म लाग्ने गरेको र रु ५०० देखि रु १० हजारसम्ममा एउटा मूर्ति विक्री हुने गरेको मुर्तिकार विनोद मेहताले बताउनुभयो । मूर्तिबाट मात्र एक याममा रु ५० देखि रु ६० हजार आम्दनी गर्दै आएको मूर्तिकारको भनाइ छ । रासस
News Desk 0 response शनिबार, माघ ११, २०७६
सम्बन्धित शीर्षकहरु
कविता- “म”
बिहिबार, अशोज ३, २०८१गायक प्रकाश तिमिल्सिनाको निधन
आइतवार, साउन २७, २०८१मेनुका पौडेल इण्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिर
सोमवार, माघ २२, २०८०दत्तात्रय लक्ष्मी–नारायण मन्दिरको याक्षी टुँडाल न्युयोर्कमा
मङ्लबार, अशोज २३, २०८०-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१