

-
इनरुवा । बिहानै सुनसरी सदरमुकाम इनरुवाका मूर्तिकार कोइ माटो मुछ्न त कोइ पराल बाध्न कोइ माटोका कलात्मक सरस्वतीका मूर्ति बनाउने काममा व्यस्त बनेका हुन्छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ सरस्वती मूर्तिका अगाडि नै सबैलाई माटोबाट निर्माण गरिएको सरस्वतीको कलात्मक मूर्ति सहजरुपमा पुर्याउने ।
सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानमा रहेका मूर्तिकार स्थानीयको सरस्वती पुजालाई सहज बनाउने उद्देश्यले माटोका कलात्मक सरस्वतीका मूर्ति बनाउने कार्यमा व्यस्त बनेका इनरुवा नगरपालिका–४ का मूर्तिकार मनोज मेहताले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय, शैक्षिक प्रतिष्ठान र निजी विद्यालयका सञ्चालकले समेत सरस्वती मूर्तिको पुजा गर्ने भएकाले मूर्तिको माग अत्याधिक बढेपछि आफुहरु माटोका कलात्मक मूर्ति बनाउन व्यस्त बनेको मूर्तिकार मेहताले बताउनुभयो ।
विद्यार्थी प्रत्येक घरमा रहने भएकाले सरस्वती मूर्तिका लागि गाउँदेखि शहरसम्म सर्वसाधारणसहित शैक्षिक प्रतिष्ठान सञ्चालकले सरस्वती मूर्ति नै खोज्ने भएकाले अगाडिदेखि नै मूर्ति बनाउन लागिपरेको मेहताको भनाइ छ । एक मूर्ति बनाउन तीन दिनदेखि पाँच दिनसम्म लाग्ने गरेको उहाँले बताउनुभयो । एउटा मूर्ति बनाउन रु ५०० देखि रु एक हजारसम्म लाग्ने गरेको र रु ५०० देखि रु १० हजारसम्ममा एउटा मूर्ति विक्री हुने गरेको मुर्तिकार विनोद मेहताले बताउनुभयो । मूर्तिबाट मात्र एक याममा रु ५० देखि रु ६० हजार आम्दनी गर्दै आएको मूर्तिकारको भनाइ छ । रासस
News Desk 0 response शनिबार, माघ ११, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



