

-
भक्तपुर । ‘प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिको संयोजनमा यही माघ १०, ११ र १२ गते बतासे डाँडामा हुने महोत्सवको तयारी पूरा भएको समितिका अध्यक्ष नवीन गुरुङले जानकारी दिनुभयो । यहाँबाट गणेश, लाङ्टाङ गौरीशङ्कर हिमशृङ्खलाको आनन्द लिन सकिन्छ । सर्वाेच्च हिमशिखर सगरमाथालगायतका ११ शृङ्खला र सूर्योदय एवं सूर्यास्तको मनोरम दृश्यको आनन्दलिन यहाँ आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण हुने गरेको छ ।
पर्यटकीयस्थल नगरकोटमा बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यका साथ हुन लागेको महोत्सवमा रु ४६ लाख खर्च हुने समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो । सोनाम ल्होछारको समेत अवसर पारेर हुन लागेको महोत्सवमा ६० देखि ७० वटा प्रदर्शनीकक्ष रहने जानकारी दिँदै उहाँले महोत्सवका लागि पर्यटन बोर्ड, चाँगुनारायण नगरपालिका, मण्डन देउपुर नगरपालिका, विभिन्न व्यवसायी र होटल व्यवसायीको प्रायोजन रहने गरी कार्यक्रमको तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय विभिन्न खानाको परिकार, स्थानीय कृषि उत्पादन, स्थानीय, कला–संस्कृति एवं पर्यटन प्रवद्र्धनसम्बन्धी प्रदर्शनीकक्ष रहने छन् । महोत्सवमा ख्याति प्राप्त करिब १३ जना गायक गायिका, चर्चित कलाकारको साङ्गीतिक एवं हास्यव्यङ्ग्यात्मक प्रस्तुति रहने छन् । स्थानीय मौलिक कला झल्किने विभिन्न प्रस्तुति र लोपोन्मुख बाजागाजा प्रदर्शन गरिने छ । रासस
News Desk 0 response सोमवार, माघ ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३ -
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३
-
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३ -
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



