

-
भारत सरकारलाई रोजी रोटिको दाता मान्दै आएका मेरा हजुरबुबा र बुबाको ऐतिहासिक लाहुरे विरासतको अनुसरण गर्दै मैले पनि उसैको सेवामा जिन्दगी बिताइदिने निर्णय गरें र लागेँ उडिसा, ‘सेकेन्ड बटालियन (गोरखा) झारसुगुडा, भारत’ ।
तीन दिदी बहिनीको एक्लो भाइ म, प्राथमिकदेखि उच्चशिक्षासम्मको अब्बल प्रबन्ध, स्तरिय लालन पालन र दुई पिप्ले बजारको पक्की घरमा भारत सरकारको रोजगारी बहालीदेखि सेवा निवृत्तिसम्मको नुन बासउँथ्यो । बुबाले भारतीय महान् क्रिकेट खेलाडी सचिन टेन्दुलकरको नामबाट प्रभावित भएर मेरो नाम पनि सचिन नै राखिदिनुभयो । नेपाली राष्ट्रवादीहरुले भारत अनि मोदीविरुद्ध लगाएको विस्तारवाद र मुर्दावादका नाराहरु कानमा पर्ने बित्तिकै म भित्तामा झुण्डिएको बुबाको कम्ब्याट र आमाको कानको सुन हेर्छु, लाजवाफ हुन्छु, अनि प्रश्न गर्छु, भारतले मेरो देशमाथि त अन्याय ग¥यो होला तर मेरो परिवारमाथि नि ?
मनमा उब्जिएका यस्तै प्रश्नहरुसँगै चलिरह्यो मेरो बुबाको उडिसा पुलिसको छुट्टिमा घर आउने जानेक्रम अनि म हुर्किएँ ह्याङ्गरमा झुण्डिएको कम्ब्याटसँग भलाकुसारी गर्दै । हजुरबुबा, बुबा, काका, मामा अनि भिनाजुहरुको लाहुरे इतिहास मेरा लागि राजाले बिरासतमा पाएको राजतन्त्रभन्दा के कम थियो र ? समय बित्दै गयो । प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रतर्फ मुलुक लम्कँदै थियो । नेपालको पुलिस, प्रशासन अनि राजनीतिमा व्याप्त भ्रष्टाचार, दुराचार अनि अत्याचारले म आक्रान्त थिएँ । पद, शक्ति र प्रतिष्ठाको हालीमुहाली बीच म आफुलाई निर्धो महसुस गर्दथें ।
गहन सोच विचार पश्चात् १९ वर्षकै उमेरमा लागें उडिसा, ‘सेकेन्ड बटालियन (गोरखा) झारसुगुडा, भारत’ । तयारी विशेष केही थिएन । लाहुरे हुने मेरो पहिलो प्रयास रहरमै सिमित रह्यो, म फिजिकल फिटनेसमा ‘अनफिट’ ठहरिएँ । दुःख भने लागेन, उडिसा सहर हेर्ने अवसर मिल्यो, खुसि नै लाग्यो ।
फेरि अर्को पटक छाति नाप्न भारत पस्ने कि नाई ? यस्तै सोचहरुबीच रुमलिँदै ६ महिना बित्यो । समय बित्दै गर्दा ममा केही ईख र स्वाभिमानले जरो गाड्दै गरेको महसुस हुन थाल्यो र फेरि पोहोर जस्तै यसपाली पनि लाहुरे हुने प्रतिज्ञा गरें र थालें तयारी । दिन बित्दै गयो र आयो फेरि छनोट प्रक्रियामा सामेल हुन भारत हिँड्ने दिन ।
यो पटक भने घरमा माहोल अलि फरक थियो । ३ दिदीबहिनीपछिको कान्छो छोरो म । भन्छन् ‘कान्छो छोरो सधैं सानो’ यस्तै थियो मेरी आमाको बुझाइ पनि । लाहुर जाने मेरो रहरप्रति उहाँ सधैं मौन बसी अनुत्तरित रहनुहुन्थयो । ‘मौन स्वीकृति लक्ष्यणम्’, उहाँको मौनतालाई म यसैगरी बुझिदिन्थें । कसको आमाले चाहन्छिन् होला र २० वर्षको कलिलो उमेरमै स्नातकको पढाई छोडेर छोरो प्रवासमा लाहुरे हुन जाओस्, कलम समाउने हातले बन्दुक समाओस् र खुकुरीको धारमा जिन्दगी राखेर दुस्मनसँग लडोस् ?
१० वर्षसम्म करारको रुपमा मासिक जम्मा ९ हजार आई.सी. मात्र दिने उडिसा पुलिसको जागिरभन्दा धेरैमाथि थियो मेरो कम्ब्याट लगाएर राइफल समाउने रहर । मेरो रहरको अगाडि कसैको केही लाग्नेवाला थिएन, अनि स्नातक (मेजर इङ्लिस) अध्ययन बीचमै छोडेर मैले पारिवारिक विरासतको रुपमा पाएको ‘लाहुरे’ इतिहासमा मेरो पनि नाम चढाउने निर्णय गरें अनि लागें उडिसा, ‘सेकेन्ड बटालियन (गोरखा) झारसुगुडा, भारत’ ।
लमजुङ दुईपिप्लेबाट रक्सौल, कलकत्ता हुँदै सुरु भयो उडिसासम्मको निरस ट्रेन सफर । यो पटक उडिसा पुलिसमा चार सय नेपालीको दरखास्त परेको रहेछ । छनोटचरण करिब एक महिना चल्यो । मेरो पुरानो असफलताको अनुभवले केही हदसम्म सहयोग भने पुर्यायो र यस पटक भने कडा परिश्रमपश्चात् मेरो नाम ३३ नम्बरमा निस्कियो । खुसिको सीमा रहेन, घरमा फोन गरेर सबैलाई सुनाएँ अनि फेसबुक मार्फत आफ्ना इष्टमित्र सबैलाई जानकारी गराएँ । बधाई र शुभकामनाको ओइरो लाग्यो । तालिमको तिथिमिति प्रकाशित भएपछि, समयमै आउन प्रशासनले सूचना सार्वजनिक गर्यो र म उडिसाबाट रक्सौलसम्मको ट्रेन पक्डिएर घर फर्किएँ ।
मेरा कलिला कलम समाउने हातले अब विद्रोहीसँग लड्न राइफल समाउने भए, दिक्षान्तको कालो गाउन र झल्लर टोपी लगाउने मेरो शरीर अब टाटेपाटे–कम्ब्याट र हेलमेटमा सजिने भयो । सपनाहरुको अन्त्य र सुरुवात एकै पटक भयो । कस्तो विरोधासपूर्ण अवस्था ! घर परिवार अनि साथीसंगीसँगको दुरी बढाई दुस्मनसँगको निकटता खोज्दै छु, यो मेरो रहर हो कि बाध्यता ? अहँ बुझ्न सकिन, सायद समयले बुझाउँदै लानेछ ।
लेखक उडिसा, ‘सेकेन्ड बटालियन (गोरखा) झारसुगुडा, भारत’ मा केही महिना अघिमात्रै छनोट भई तालिममा जाने तयारीमा छन् ।
News Desk 0 response शनिबार, पुस १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३



