

-
काठमाडौं : यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत कमलराज गौतम भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा गौतमलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार (असार ५) गौतमलाई एक करोड आठ लाख एक हजार ८३८ रुपैयाँ विगो असुल गरी त्यति नै जरिबाना र एक वर्ष कैद सजायको फैसला सुनाएको हो ।
अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम गौतमबाट चार लाख ३२ हजार ७३ रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउन समेत आदेश भएको छ । गौतमको सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५५ वैशाख ६ गतेदेखि २०७९ चैत २४ गतेसम्मको आय–व्यय विश्लेषण गर्दा भ्रष्टाचार ठहर भएको हो ।
गौतमको कुल वैध आय तीन करोड ४७ लाख ८६ हजार ३८२ रुपैयाँ ३१ पैसा देखिएको छ । कुल व्यय चार करोड ५५ लाख ८८ हजार २२० रुपैयाँ ५५ पैसा रहेको छ । वैध आयभन्दा व्यय बढी देखिएपछि गौतमलाई भ्रष्टाचारमा सजाय तोकिएको हो । अख्तियारले भने वैध आयभन्दा दुई करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसाबराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको दाबी अदालतमा लिएको थियो ।
अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन (अकुत) गरेको उजुरीका आधारमा अनुसन्धान गरेको थियो । अख्तियारले भने साढे दुई करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति फेला परेको दाबी लिएको थियो ।
News Desk 0 response शुक्रबार, असार ५, २०८३

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



