

न्यायाधीशको अभावमा ४४ प्रतिशत मुद्दाहरु फर्छर्यौट भएन
२०६८ सालको जनगणनाको आधारमा हाल न्यायपालिकासँग रहेको न्यायाधीशहरुको दरबन्दीलाई विश्लेषण गरी हेर्ने हो भने १ जना न्यायाधीश बराबर लगभग ६२ हजार जनसंख्या हुन आउँछ । हाल नेपालमा दशलाख जनसंख्या बराबर १६ जना न्यायाधीशहरु कार्यरत रहेको देखिन्छ । २० हजार जनसंख्या बराबर १ जना न्यायाधीशको मापदण्ड बनाउने हो भने लगभग १३२५ जना न्यायाधीशहरुको आवश्यकता देखिन्छ ।
-
काठमाडौं ।
सर्वोच्च अदालतको मुद्दा फर्छर्यौटको अवस्था सन्तोषजनक छैन। सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन ०७४,७५ लाई हेर्ने हो भने सर्वोच्चमा दर्ता भएका मुद्दाहरुमध्ये झन्डै ३६ प्रतिशतमात्र फर्छर्यौट भएको देखिन्छ । ४४ प्रतिशत मुद्दाहरु फर्छर्यौट हुन नसकेको अवस्था छ । बार्षिक रुपमा झन्डै २० देखि २२ हजार मुद्दाहरु सर्वोच्च अदालतमा थाँती रहेको अवस्था छ । कतिपय मुद्दाहरु समयमानै फैसला हुन नसकेको कारणले पछि फैसला भए पनि त्यस्ता मुद्दाहरुको औचित्यनै समाप्त हुने वा निष्प्रभावी हुने अवस्था विद्यमान रहेको छ । फर्छर्यौट भएका मुद्दाहरुको फैसला लेखनमा ढिलाई हुने गरेको तथा फैसला कार्यान्वयन समेत समयमा नभएका कारणले गर्दा न्याय सम्पादन समयमा हुन नसकेको भन्ने जनगुनासो पनि आउने गरेको पाइन्छ ।
हाम्रो मुलुकमा सर्वोच्च अदालत १, उच्च अदालत ७ तथा १८ इजलासहरु र जिल्ला अदालत ७७ गरी सबै अदालतहरुमा ४२१ जना न्यायाधीशहरु दरबन्दी रहेको छ । सर्वोच्च अदालतमा मात्र प्रधानन्यायधीश सहित २१ जना स्थायी न्यायाधीश रहने व्यवस्था संविधानले गरेको छ । सर्वोच्च अदालतमा मुद्दाको अत्यधिक चाप छ त्यो चापलाई व्यवस्थापन गरी समयमा नै न्याय सम्पादन गर्न थप चुनौती रहेको छ । २०६८ सालको जनगणनाको आधारमा हाल न्यायपालिकासँग रहेको न्यायाधीशहरुको दरबन्दीलाई विश्लेषण गरी हेर्ने हो भने १ जना न्यायाधीश बराबर लगभग ६२ हजार जनसंख्या हुन आउँछ । हाल नेपालमा दशलाख जनसंख्या बराबर १६ जना न्यायाधीशहरु कार्यरत रहेको देखिन्छ । २० हजार जनसंख्या बराबर १ जना न्यायाधीशको मापदण्ड बनाउने हो भने लगभग १३२५ जना न्यायाधीशहरुको आवश्यकता देखिन्छ । यो मापदण्डलाई लागू गर्ने हो भने नेपालमा न्यायाधीशहरुको दरबन्दी बढाउनु पर्ने देखिन्छ । यस अवस्थाको अन्त्य गर्नका लागि हामीले न्यायपालिकाको समग्र कुराहरुमा सुधार गर्नुपर्ने आवश्यकता हुन सक्छ । न्यायाधीशहरुको दरबन्दीको पुनरावलोकन देखि मुद्दा व्यवस्थापनलाई प्रभावकारी बनाउने, न्यायिक कामकारबाहीमा सूचना प्रविधिको प्रयोग,जनशक्तिको क्षमता अभिवृद्धि लगायत न्यायपालिकालाई श्रोतसाधन सम्पन्न बनाउने तर्फ सरकारको ध्यान जानु जरुरी देखिन्छ ।
News Desk 0 response बिहिबार, चैत्र २१, २०७५

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



