

-
अहिले मुलुकमा भ्रष्टाचारको समस्या छ। त्यसमा पनि नीतिगत भ्रष्टाचार सबैभन्दा भयावह रूपमा फैलिइरहेको छ। जनसरोकारका कार्यालयहरू मालपोत, कम्पनी रजिस्ट्रार, यातायात व्यवस्था आदि कार्यालयमा सेवाग्राहीसँग वरको फाइल पर गर्नेबित्तिकै गरिने भ्रष्टाचार पनि आफ्ना ठाउँमा विषाक्तरूपमा फैलिरहेकै छ। त्योभन्दा भयावह कानुनका छिद्र बनाएर गरिने भ्रष्टाचारमा छ। यस्तो भ्रष्टाचार गर्न प्रभावशाली व्यक्तिहरूबाट बाहेक सम्भव छैन। सरकारको माथिल्लो तहमा सम्बन्ध बनाएकाहरूले नै यस्ता काममा आफ्नो प्रभाव पार्छन्। ठूला विकास निर्माणका ठेक्का आफन्त र आफूले चाहेका व्यक्तिका नाममा पार्ने काम भइरहेको देखिन्छ। अपारदर्शी किसिमले राज्यको माथिल्लो तहमा प्रभाव पारी लाभान्वित हुने ‘बिचौलिया’ वर्ग हाम्रो मुलुकमा डरलाग्दो गरी बलियो भइरहेको छ। गुण र दोषका आधारमा विनाअतिरिक्त लाभ निर्णय गर्ने अवस्थामा मुलुकलाई नपुर्याई हाम्रो मुलुकको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो बन्न सक्दैन। वर्षेनि हाम्रो मुलुकको अवस्था भ्रष्टाचारको सूचकमा तलतल पर्दै गइरहेको छ। हिजोका दिनमा राजामहाराजले गर्दा यसो भयो भन्ने गरे पनि अब त जनताकै छोराछोरीले शासन चलाएका छन्। यस्तो बेलामा पनि हिजोका विकृति र विसंगतिले निरन्तरता पाउने हो भने नागरिकले कसरी आफूलाई सन्तुष्ट बनाउन सक्छन् रु वास्तवमा हाम्रो मुलुकमा विकास हुन नसक्नुको प्रमुख कारण भ्रष्टाचार हो। एकथरी रातारात बिना मेहनत धनी हुने र अर्काथरी मेहनती नागरिक झन्झन् गरिब हुँदै जाने अवस्थाको मुख्य कारण भ्रष्टाचार हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना धेरै भाषणमा ‘शून्य सहनशीलता’लाई दोहोर्याउँदै आएका छन्। उनको त्यो सदिच्छा त्यतिबेला सार्थक हुन्छ जतिबेला हाम्रो मुलुकको छवि कम भ्रष्ट मुलुकको सूचीमा माथि उक्लिन थाल्छ। उनले कुनै पनि भ्रष्टलाई नछाड्ने मात्र भनेका छैनन् त्यस्ता भ्रष्टाचारीको अनुहार समेत नहेर्ने बताएका छन्। सरकार प्रमुखबाट यति सशक्त अभिव्यक्ति आउनु आफैँमा सुखद सन्देश हो।
यसले हाम्रो मुलुकको अवस्था सुधार्ला कि भन्ने आशा हुनु स्वाभाविक हो। किनभने यो हामी सबैको हार्दिक इच्छा हो। मुलुकमा भ्रष्टाचार नहुने हो भने विकास निर्माणका निम्ति छुट्याएको दुर्लभ स्रोतको प्रयोग हुन सक्छ। अनि प्रधानमन्त्री ओलीले भनेजस्तै ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा हुन्छ। तर, के प्रधानमन्त्रीले भ्रष्टाचारीको मुखै नहेर्ने अवस्था छ ? वास्तवमा उनले आफ्नै वरिपरि र प्रत्येक पाइलामा यस्ता व्यक्तिको अनुहार हेर्नुपरेको स्थिति छ। वास्तवमा भ्रष्टाचारीको अनुहार नहेरी अहिलेको नेपालमा कसैले पनि हिँड्न सक्ने अवस्था छैन। प्रधानमन्त्री ओलीकै मन्त्रिमण्डलमा यसअघि उपप्रधानमन्त्री रहिसकेका राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले आफ्नो ट्विटरमार्फत भनेका छन्, ‘त्यसो भए प्रमज्यूले आँखा चिम्लेर बस्नुपर्ने हुन्छ, किनभने नाम चलेका मुख्य भ्रष्टाचारीहरू प्रमकै वरिपरि छन्।’
हाम्रो शासन र प्रशासनमा हुनेहरूलाई लाज लाग्नुपर्छ जब अखबारका पानामा मुलुक सदाचारमा ‘फेल’ भएको खबर छापिँदा। हाम्रा कारणले मुलुक बदनाम भएको छ। मुलुक होइन हाम्रो कार्यशैली असफल भएको हो। भ्रष्टाचारले हाम्रो मुलुकलाई अधोगतिमा लगेको हो। ट्रान्सपरेन्सी इन्टरनेसनल ९टिआई०ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपालको अवस्था किन सुधार भएन भन्ने प्रश्नमा घोत्लिनु आवश्यक छ। पूर्णांक १०० मा नेपालले ३१ अंक मात्र पाएको छ। कम्तिमा ५० अंक पनि नपाउने मुलुकलाई अति खराब अवस्थाको भ्रष्टाचारीका रूपमा लिइन्छ। संसारका १८० देशमध्ये नेपालको स्थान १२४ औँ रहेको छ। संसारका अति सदाचारी मुलुकको हाराहारीमा नपुगे पनि कम्तीमा दक्षिण एसियामा नेपालले आफूलाई अग्रस्थानमा राख्ने तत्परता देखाउन सक्नुपर्ने हो।
दक्षिण एसियाकै भुटानको स्थान सबैभन्दा माथि छ। नेपाल भने बंगलादेश र अफगानिस्तानभन्दा तल रहेको छ। नेपालको छवि बिगार्नमा ठूला भ्रष्टाचार काण्डहरूको प्रमुख भूमिका छ। नेपाल वायुसेवा निगमको वाइड बडी खरिदमा होस् वा नेपाल आयल निगमको भण्डारणका निम्ति जग्गा खरिदमा ठूलो मात्राको अनियमितताको चर्चा भइरहेको छ। सिक्टा सिँचाइदेखि मेलम्ची खानेपानी आयोजनासम्मको ढिलाइ र अनियमितताको आफ्नै ठाउँमा चर्चा भइरहेको छ।
मुलुकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो सशक्त संवैधानिक अंगको समेत व्यवस्था भएको हुँदा यसले प्रभावकारी काम गर्न सक्नुपर्छ। प्रधानमन्त्री ओलीले व्यक्त गर्दै आएका ‘शून्य सहनशीलता’को घोषणाले यथार्थमै मूर्तरूप लिन पनि उत्तिकै आवश्यक छ। यसो गरे मात्रै आगामी वर्षमा हाम्रो मुलुकको अवस्था सुध्रिन सम्भव छ।
News Desk 0 response बुधबार, फाल्गुन ८, २०७५

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३



