

-
रुपन्देही ।
रुपन्देहीको तिलोत्तमा नगरपालिको मेयरका उम्मेदवार हुँदै गर्दा बासु घिमिरेले चुनावी बाचा पनि धेरै गरेका थिए । स्थानीयलाइ घिमिरेले जुन नाराका साथ चुनाव जिते केवल त्यो जित्नका लागि मात्र हो भन्ने लागेको थियो । तर, सर्वासाधरणको अनुमानलाईनै माथ खुवाउने गरि अहिले तिलोत्तमा नगरपालिकाले कामको गति लिइरहेको छ ।
तिलोत्तामाका मेयर बासु घिमिरेले कामको गति लिइरहदा अहिले तिलोत्तमा नगरपालिका राष्ट्रिय रुपमै चर्चा र नमुनाको बिषय बन्दैछ । यहाँका कर्मचारीहरुको काम प्रायः साँझ ६ बजेसम्म चलिरहन्छ । मेयर घिमिरेका सिक्स लेन सडक,हाइवेमा भएका घरमा एकै प्रकारका रंग पोत्ने योजना देखि तिलोत्तमालाई प्लाष्टिक मुक्त सहर बनाउने सम्मका योजनाले गर्दा रुपन्देहीको तिलोत्तमा नगरपालिका चर्चामा छ ।
योजना कार्यान्वयन गराउने कर्मचारीलाई पनि भ्याइ नभ्याई छ ।प्रत्येक वडाका वडा प्रतिनिधिलाई पनि योजनाको अनुगमन र चुस्त कार्यान्वयन गराउनु परेकाले कार्यक्षेत्रमा भ्याइ नभ्याई छ । निर्वाचन पछिको एक बर्षको अवधिमा घिमिरेले करोडौको लागानीमा अत्याधुनिक सभाहलदेखि खेति योग्य जमिनमा प्लटिङ्ग गर्न रोक लगाउने सम्मका योजना अगाडी ल्याएका छन् । एकिकृत कर प्रणालीका लागि पनि आवश्यक कानुन तयार गरि कार्यान्वयनका लागि अगाडी बढाईदै छ । तर यो बिषय अलिकति जटिल पनि भएकाले यसलाई कसरि कार्यान्वयन गर्नुहुन्छ भन्ने जिज्ञासामा उनि भन्छन कुनै पनि व्यक्तिको सम्पतिलाई बर्गिकरण गरेर त्यस अनुरुप सरकारले लगाएको मालपोत कर अनुसारै लागु गरिनेछ जसका कारण कम भ्यालु भएको जग्गा धनीलाई चर्को कर तिराइने छैन । त्यसकारण यो सफल हुनेमा उनि ढुक्क देखिन्छन् भने नगरपालिकाले आगामी साउन १ गतेदेखि एकीकृत सम्पत्ति कर लागू गर्ने भएको छ। स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले व्यवस्था गरे अनुसार नगरपालिकाले घर, जग्गा, मालपोत, भूमि लगायत छुट्टाछुट्टै उठाउने करको साटो एकीकृत सम्पत्ति कर लागू गर्ने भएको हो। स्थानीय सरकार सञ्चालन ऐनको दफा ५५ मा गाउँपालिका वा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र २०७५ साउन १ देखि एकीकृत सम्पत्ति कर लगाउन सक्ने उल्लेख छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई साउन १ देखि एकीकृत सम्पत्ति कर लिनेगरी कानुन बनाउन यसअघि नै पत्राचार गरेको थियो।
तिलोत्तमा नगर कार्यपालिकाले एकीकृत सम्पत्ति करको मापदण्ड तयार गर्न गठन गरेको समितिले सरोकारवाला विभिन्न पक्षसँग करका विषयमा छलफल गरिरहेको छ। एकीकृत सम्पत्ति कर मूल्यांकन तथा मापदण्ड निर्धारण समिति संयोजक दुर्गा पाण्डेले विज्ञ, राजनीतिक दल लगायतसँग करको मापदण्डबारे छलफल गरिसकेको जानकारी दिए।वडा समितिहरुले समेत वडास्तरमा एकीकृत सम्पत्ति करको मूल्यांकन र मापदण्डबारे आवश्यक छलफल र निर्णय गरेका छन्। कर मूल्यांकन तथा निर्धारण समिति संघीय मामिला मन्त्रालयले पठाएको ढाँचामा एकीकृत सम्पत्ति करको कार्य्विधि बनाउने क्रममा छ। यदि घिमिरेले अगाडी सारेका यस प्रकारका कार्यक्रम र योजना कार्यान्वयन हुने हो भने विकासको मोडेल खोज्न राज्यको केन्द्रिय प्रशासनिक निकाय सिंहदरबार पनि तिलोत्तमा आउनु पर्ने देखिन्छ । घिमिरे मेयर हुँदाताका चुनावमा गरेका बाचा भन्दा पनी चौगुना ढंगले कार्यक्रम र योजना ल्याएपछि नगरवासी पनि दङ्ग परेमा छन् । चालु आर्थिक वर्षमा पूँजीगत तर्फ ५१ करोड ६० लाख ४९ हजार ६ सय ८९ रुपैया र चालु खर्च तर्फ ४९ करोड ९ लाख ६ हजार गरी जम्मा १ खरव ६९ लाख ५५ हजार बजेट विनीयोजन गरेकोमा पूजीगत तर्फ २६ प्रतिशत र चालु तर्फ ३० प्रतिशत खर्च गरेको छ । यसमा आन्तरिक आम्दानी चारकरोड ७० लाख ५८ हजार सा सय ५० रुपैया असुली भएको छ ।
जुन प्रस्तावित आएको ५५ प्रतिशत हुन आउछ । यसका साथै दोस्रो नगर सभाले समुन्नत सुरक्षित तथा वातावरणमैत्री सुन्दर शहर, सुशासनयुक्त नगरपालिका , पर्यटकिय गन्तब्य सहितको समृद्ध तिलोत्तमा नगर भन्ने दुरदृष्टि सहितको दिर्घकालिन गुरु योजना अगाडी ल्याएको छ । जसमा स्थानिय सेवा व्यवस्थापनका लागि केन्द्रिय कार्यालय एव वडा कार्यालयको चुस्त व्यवस्थापन स्थानिय सडकहरुको स्तरोन्नती , स्थानिय सडक र ग्रामीण सडक स्तरोन्नतीका लागि उच्चस्तरको ग्राभेलका लागि सात करोड ९० लाख बजेट विनियोजन भई सोही अनुसार काम भैरहेको छ । बनबाटिकामा एकसय तेत्तिस फिट अग्लो भ्यूटावर निर्माणको काम अगाडी बढाइएको छ ।
सात करोडको लागतमा वार्ड नं. ९ को तेलानीमा अत्याधुनिक सभाहलको काम अगाडी बढाइएको छ । विश्व बैंकको सहयोगमा तिनवटा योजनाका लाग विस्तृत अध्ययन प्रतिवेदन (डि.पि.आर) तयार पारीएको छ । जसमा तिलोत्तमालाइ चारैतिबाट जोड्ने सडक सञ्जाल ,दोस्रो क्षेत्रीय स्तरको बसपार्क तेस्रो ल्याण्ड फिल्ड साइडको लागि डिपीआर तयार भएको मेयर बासु घिमिरेले बताए । यति सम्मकि नगरपालिकाको छविलाई अन्तराष्ट्रिय स्तरमा स्थापित गर्न र पारस्परिक हित अभिवृद्धि गर्ने उदेश्यले नेपालसँग दौत्य सम्बन्ध राखेका राष्ट्रका ख्याती प्राप्त स्थानीय सरकार संग नगरपालिकाको हित हुनेगरी बिकास साझेदारीका लागि प्रदेश सरकारको परमर्समा नेपाल सरकारको पुर्व स्वीकृति लिइ भगिनी सम्बन्ध राख्नका लागि आवश्यक गृहकार्य समेत अगाडी बढाईएको छ । नगरपालिका भित्र पर्ने शाखा सडकहरु पनि ३० फिट सम्म चौडा हुनुपर्ने गरी कार्ययोजना अगाडी सारीएको छ ।
मुल सडकमा भएको प्रदुषण लाइ नियन्त्रण गर्नका लागि सडकका आसपासमा रहेका पेट्रोल पम्पहरुले अनिवार्य रुपमा शौचालयको निर्माण गर्न समेत नगरपालिकाले ताकेता गरेको छ । खेतियोग्य जमिन मासेर जसरी जथाभावी तरिकाले प्लटिङ्गको काम भैरहेको छ त्यसलाई नियन्त्रण गर्नका लागि भुउपयोग निती अनुसार जग्गाको वर्गिकरण गरेर रोक लगाइने गरी जग्गा प्लटिङ्ग सम्बन्धि निर्दे्िशका २०७४ लागु गरिएको छ । भू उपयोग आयोजनाले तिलोत्तमा नगरपालिकालाइ केहि दिन अगाडी भू उपयोग नक्सा सहितको प्रतिबेदन समेत हस्तान्तरण गरेको छ यो आयोजनाबाट यस प्रकारको प्रतिबेदन पाउनेमा तिलोत्तमा नगरपालिका पहिलो हो नगर भित्रका सडकको डिजीटल प्रविधिबाट अभिलेखीकरणको कामको सुरुवात संगै केहि बाडहरुमा रकेर्ड अधावधिक गर्ने काम समेत भइरहेको छ ।
साथै निजि साझेदारीको लागि आवश्यक नीति तथा कार्यक्रम समेत तयार गरिएको छ । जसका कारण आवश्यकता अनुसार तिलोत्तमाको बिकासका लागि निजि संस्थाले समेत लगानी गर्ने छन् साथै नगरपालिकाले बिकास निर्माणको कामलाई प्रभावकारी बनाउनका लागि बिषय बिज्ञलाइ सुचिकृत हुनका लागि सूचना समेत गरेको छ जसमा स्नातक तह सम्मको शिक्षा र सम्बन्धित बिषयमा पाच बर्षको अनुभव समेत हुनुपर्नेछ साथै तिलोत्तामाका मेयर बासु घिमिरेको टोलीले बैसाख २२ गते गृहमन्त्रि रामबहादुर थापा बादललाई उनकै कार्यकक्षमा भेटेर जनतालाई सेवा लिन सजिलो होस भन्ने हेतुले नागरिकता रहदनिका लागि तिलोत्तामामा इलाका प्रशासन कार्यालय खोल्नका लागि ज्ञापन पत्र समेत बुझाएको छ ।
News Desk 0 response आइतवार, जेष्ठ २०, २०७५
-ऋषि भट्टराई


सम्बन्धित शीर्षकहरु
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस :..
शुक्रबार, फाल्गुन २, २०८१ -
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका..
शुक्रबार, फाल्गुन २, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
शुक्रबार, फाल्गुन २, २०८१ -
इजरायलको चेतावनीपछि बन्धक रिहा गर्न हमास तयार
शुक्रबार, फाल्गुन २, २०८१ -
नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई..
शुक्रबार, फाल्गुन २, २०८१
-
चीन नेपालबीच आएको समस्या दुवै मिलेर समाधान..
मङ्लबार, माघ २९, २०८१ -
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
अमेरिकाबाट फर्काइएका १ सय जनाभन्दा धेरै भारतीय..
बुधबार, माघ २३, २०८१ -
रविलाई हिरासतमा राख्न अदालतको आदेश
बुधबार, माघ २३, २०८१