

न्यायाधीश कम, काम तीन गुणा बढी
कार्यबोझ बढे पनि जनशक्ति थप नहुँदा मुद्दा फछ्रर्यौटदेखि फैसला कार्यान्वयनसम्म समस्या
-
काठमाडौं ।
पछिल्लो एक दशकमा जिल्ला र उच्च अदालतमा न्यायाधीशको कार्यबोझ तीन गुणा र सर्वोच्च अदालतमा कार्यबोझ दोब्बरले बढेको छ । कार्यबोझअनुसार न्यायाधीश र कर्मचारीको दरबन्दी नहुँदा न्याय सम्पादनमा प्रभाव परेको छ । जनशक्ति अभावमा मुद्दाका फैसला तयारीदेखि कार्यान्वयन प्रक्रियासम्म प्रभावित छन् ।
सर्वोच्च अदालतले हालै राष्ट्रपतिसमक्ष पेश गरेको आर्थिक वर्ष २०७३र७४ को वार्षिक प्रतिवेदन अनुसार सर्वोच्चमा पछिल्लो एक दशकको तुलनामा न्यायाधीशको कार्यबोझ दोब्बरले बढेको छ । उच्च र जिल्ला अदालतमा कार्यबोझ तीन गुणाले बढेको छ ।सर्वोच्च अदालतका रजिस्टार महेन्द्रनाथ उपाध्यायले कार्यबोझ बढे पनि जनशक्ति थप नहुँदा मुद्दा फछ्रर्यौटदेखि फैसला कार्यान्वयनसम्म समस्या परेको बताएका छन् । ‘दश वर्षको मुद्दाको सङ्ख्याा तुलना गर्ने हो भने कार्यबोझ तीन गुणासम्म बढेको छ । तर, हाम्रो जनशक्ति बढ्न सकेको छैन’, उपाध्यायको भनाइ राखेर गोरखापत्रमा समाचार छ ।
हाल सर्वोच्च अदालतले न्यायाधीशको दरबन्दी स्पष्ट गरेको छ । प्रधानन्यायाधीशको अतिरिक्त सर्वोच्चमा २० न्यायाधीश रहने व्यवस्था छ ।
यसअघि दरबन्दी यकिन थिएन । सर्वोच्चमा कुनै बेला अस्थायी समेत गरी २५ न्यायाधीश थिए । कुनै बेला सर्वोच्च पाँच न्यायाधीशमा समेत सीमित थियो । उच्च अदालतमा अहिले १६० न्यायाधीशको दरबन्दी कानुनमा व्यवस्था छ ।
वार्षिक प्रतिवेदन अनुसार सर्वोच्चमा आर्थिक वर्ष २०६४र६५ मा १८ हजार ५६४ मुद्दा थिए । त्यसको ठीक दश वर्षपछि अर्थात् आर्थिक वर्ष २०७३र७४ मा ३४ हजार ३५३ मुद्दा छन् । यसबीच, सर्वोच्चमा सबैभन्दा बढी मुद्दा आर्थिक वर्ष २०७२र७३ मा थिए । उक्त वर्ष ३५ हजार १६९ मुद्दा सर्वोच्चमा थिए । कार्यबोझ बढे पनि फछ्रर्योट दरमा भने उतारचढाव नै छ ।
News Desk 0 response आइतवार, चैत्र २५, २०७४

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३


