

-
इरानले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग भएर आउजाउ गर्ने जहाजहरूमाथि लगाएको ‘टोल फी’ बापतको पहिलो राजस्व प्राप्त गरेको इरानी संसद्का उपसभामुखले बताएका छन् । हर्मुज जलमार्ग प्रयोगबापतको शुल्कबाट उठेको राजस्व केन्द्रीय बैंकको खातामा जम्मा भएको इरानी संसद्का उपसभामुख हमिदरेजा हाजिबाबाईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
इरानले जहाजबाट कति शुल्क लिएको र कसले दिएको भन्ने विवरण सार्वजनिक भएको छैन । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज प्रयोग गरेबापत इरानलाई राजस्व तिर्ने जहाजहरूलाई निशाना बनाउने बताएका थिए।
यस्तै इरानले अमेरिकी नाकाबन्दी रहिरहेसम्म हर्मुज पुनः नखोल्ने अडान लिएको छ । युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै इरानले हर्मुज नखोल्ने बताएको हो । इरानले दुई वटा विदेशी जहाजलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यसैबीच अमेरिकी जलसेनाका प्रमुख जोन फेलन ट्रम्प प्रशासनबाट अलग भएका पेन्टागनले जनाएको छ । फेलनको बर्हिगमनबारे कुनै कारण सार्वजनिक भएको छैन तर पेन्टागनका प्रवक्ताले तत्कालै लागू हुने गरी उनको पदबाट हटेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
अब उनको ठाउँमा जलसेनाका उपप्रमुख हङ काओले कार्यवाहक जलसेना प्रमुखको जिम्मेवारी सम्हाल्ने बीबीसीले जनाएको छ ।
News Desk 0 response बिहिबार, बैशाख १०, २०८३

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



