

-
काठमाडौं : तराई मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि मधेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका र खोँचहरूमा गर्मी बढ्नेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । केही दिनयता तराई–मधेशसहित देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको हो । कतिपय ठाउँमा तातो हावा चलेको छ । कपिलवस्तु, भैरहवा, बाँके लगायत ठाउँको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।
तातो हावा चल्न थालेपछि तराई मधेशको जनजीवन असहज बन्दै गएको छ । बिहानै घाम चर्कने भएपछि बजार र ग्रामीण क्षेत्रसमेत सुनसान बन्ने गरेका छन् । दैनिक ज्याला मजदुरी गर्नेहरूले काम पाउन छाडेका छन् । कतिपय ठाउँमा बेलुकीपख हल्का वर्षा भए पनि धेरै ठाउँमा गर्मी बढेको हो ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ ।
News Desk 0 response बिहिबार, बैशाख १०, २०८३

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



