

-
इरानले फेरि ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग बन्द गरेको छ । अमेरिकाले आफ्ना बन्दरगाहहरूमा निरन्तर नाकाबन्दी गरेको भन्दै इरानले हर्मुज बन्द गरेको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
इरानले हर्मुज खुला गरेको २४ घण्टा नबित्दै फेरि बन्द गरेको हो । अमेरिकी नाकाबन्दी हटाएपछि मात्र हर्मुज पुनः खोल्ने इरानी सेनाले बताएको छ ।
यसअघि हिजो इरानका विदेशमन्त्रीले युद्धविरामको बाँकी अवधिमा हर्मुज व्यावसायिक जहाजहरूका लागि पूर्णरूपमा खुला हुने बताउनुभएको थियो । तर त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम रहने घोषणा गरेका थिए।
अमेरिका र इरानबीच भएको युद्धविराम आउँदो बुधवार अप्रिल २२ मा समाप्त हुँदैछ । गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेदेखि महत्त्वपूर्ण जलमार्ग हर्मुज प्रभावित हुँदै आएको छ ।
यसैबीच इरानले आफ्नो हवाई क्षेत्र र केही विमानस्थलहरू आजदेखि आंशिक रूपमा पुनः खोलेको बताएको छ । इरानको पूर्वी क्षेत्रको हवाई क्षेत्र, केही विमानस्थल र हवाई मार्गहरू अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला भएको इरानी नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
देशको सैन्य र नागरिक अधिकारीहरूले प्राविधिक र परिचालन तयारी पूरा गरेपछि इरानी विमानस्थलहरूमा उडान सञ्चालन बिस्तारै सामान्य हुने बताएका छन् । अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।
News Desk 0 response शनिबार, बैशाख ५, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



