-
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदले लामो समयदेखि उखुको मूल्य भुक्तानी गर्न उद्योगले आनाकानी गरेका कारण किसान मर्कामा परेको जानकारी दिएका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४
गत वर्ष नै बिक्री गरिएको उखुको मूल्य नपाएको र यस वर्षसमेत मूल्य नपाउने अवस्था रहेको जनाउँदै सांसदले समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । चिनी उद्योगले गत वर्षमात्रै रु नौ अर्ब उखुको मूल्य किसानलाई भुक्तानी गरेका छैनन् । मूल्य नपाएको भन्दै तराई मधेशका किसान चिनी उद्योगमा धर्नामा बसेका छन् ।
नेकपा एमालेका बलराम बाँस्कोटाले कृषिप्रधान मुलुक भनेर मात्र हुँदैन भन्दै किसानलाई चिनी उद्योगले भुक्तानी नगर्नाको कारण पत्ता लगाएर सरकारले किसानलाई राहत दिनुपर्ने माग गरे ।
नेपाली काँग्रेसका राधेश्याम अधिकारीले दैनिक उपभोग्य वस्तुको आयात चरम रुपमा बढेको, कृषियोग्य जमीन बाँझिदै गएको तथा अर्बौंको खाद्य सामग्री छिमेकी तथा अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था आई नेपाल क्रमशः परनिर्भर बन्दै गएकाले कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगहरुलाई तत्काल किसानलाई भुक्तानी गर्न आग्रह गरिसकेको पनि सरकारको आग्रहलाई उद्योगले हालसम्म अटेर गर्दै आएका छन् ।

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३